ट्रम्प प्रशासनले आठ लाटिन अमेरिकी आपराधिक संगठनहरूलाई “विदेशी आतंकवादी संगठन“ को रूपमा औपचारिक रूपमा सूचीबद्ध गरेको छ । जसले अमेरिकी भूमिमा सक्रिय गतिविधिहरू र तिनीहरूलाई सहयोग गर्ने जोकोहीमाथि दबाब बढाउने उद्देश्य राख्छ ।
यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको जनवरी २० को कार्यकारी आदेश कार्यान्वयन गर्ने क्रममा उठाइएको हो । टे्रन दे अरुगुवा, एल साल्भाडोरको एमएस १३ र मेक्सिकोमा आधारित छ वटा समूहहरू समावेश छन् । यो सूची बिहीबारको फेडरल रजिष्टरमा प्रकाशित गरिने एपी समाचारले जनाएको छ ।
ट्रम्प, जो रिपब्लिकन दलका नेता हुन्, उनले अमेरिका–मेक्सिको सीमाको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भन्दै सामूहिक रूपमा गैरकानुनी आप्रवासीहरूलाई देशनिकाला गर्ने, सक्रिय ड्युटी सैनिकहरू सीमामा पठाउने, र केही देशहरूसँग आप्रवासी स्वीकार गर्ने सम्झौताहरू गर्ने वाचा गरेका थिए । यहि कदमको निरन्तरातालाई यो घोषणा मान्न सकिन्छ ।
विदेशी आतंकवादी संगठनहरु सामान्यतया यो विशेषण अल–कायदा वा इस्लामिक स्टेट जस्ता समूहहरूका लागि प्रयोग गरिदै आएकोमा अहिले ल्याटिन अमेरिकीहरू पनि ट्रम्पको तार्गेटमा परेका छन मुख्यतः आर्थिक फाइदाका लागि यी समुहहरु आपराधिक गतिविधि सञ्चालन गर्ने गर्दै आएका थिए ।
ट्रम्प प्रशासनले यी समूहहरूको अन्तर्राष्ट्रिय सम्बन्ध र गतिविधिहरू जसमा लागूऔषध तस्करी, आप्रवासी तस्करी, र आफ्नो क्षेत्र विस्तार गर्न गरिने हिंसात्मक कार्यहरू समावेश छन् जसका कारण तिनलाई “विदेशी आतंकवादी संगठन“ को रूपमा सूचीबद्ध गर्न पर्याप्त कारणहरू भएको बताइएको छ ।