April 23, 2025, Wednesday
२०८२ बैशाख ११

अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने

२०८१ माघ ५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

580

अमेरिकामा आइतबारदेखि टिकटक बन्द हुने भएको छ। यसअघि नै अमेरिकी संसदले १९ जनवरीदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

सो निर्णयविरुद्ध अदालतमा परेको मुद्दामा संसदकै निर्णय सदर भएपछि बन्द हुने पक्का भएको हो। अमेरिकामा करिब १७ करोड टिकटक प्रयोगकर्ता छन्।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले भने सो निर्णय कार्यान्वायन तत्काल रोक्न माग गरेका थिए। आफुले राष्ट्रपतिको कार्यभार सम्हालेपछि सो विषय हल गर्ने  भन्दै उनले कार्यान्वायन स्थगनको माग गरेका छन्। ट्रम्पले १० जनवरी अर्थात् आगामी सोमबारदेखि अमेरिकाको राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्दैछन्।

टिकटकले व्यक्तिगत गोपनियताको हनन गरेको तथा अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै बन्द गर्ने निर्णय भएको हो। बन्द नगर्ने हो भने अमेरिकी नागरिकलाई कम्पनी बेच्नुपर्ने सर्त राखिएको थियो। टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले त्यसलाई अस्वीकार गरेपछि टिकटक अमेरिकामा बन्द हुन लागेको हो ।