क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी पहिलो विदेश भ्रमणका लागि फ्रान्स पुगेका छन्। उनले बेलायतको पनि भ्रमण गर्ने बताएका छन । प्राय जसो क्यानडाका प्रधानमन्त्रिले पहिलो विदेशभ्रमण अमेरिकाबाट शुरु गर्ने पुरानो प्रचलन तोडेर फ्रान्स पुगे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार क्यानडाको सार्वभौमसत्ता र अर्थतन्त्रमाथि आक्रमण गरिरहेका बेला युरोपेली मुलुकहरूको सहारा खोज्दै उनी पेरिस पुगेका हुन्। ट्रम्पले क्यानडामाथि भारी भन्सार महसुल लगाएका छन् भने यो मुलुक अमेरिकाको ५१ औँ राज्य बन्नुपर्ने बताउँदै आएका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँका साथ पत्रकार सम्मेलनमा बोल्दै कार्नीले क्यानडा ‘युरोपबाहिरको सबैभन्दा युरोपेली मुलुक’ भएको दाबी गरे। क्यानडा फ्रान्सको विश्वसनीय, भरपर्दो र बलियो साझेदार भएको उनको भनाइ थियो। पेरिसपछि कार्नी लन्डन पुग्ने छन्। जहाँ उनले प्रधानमन्त्री किअर स्टारमरसँग व्यापार विविधीकरण लगायत विषयमा कुरा गर्ने छन्।
उनले क्यानडाका राष्ट्रप्रमुख समेत रहेका राजा चार्ल्स तृतीयसँग पनि भेट्ने छन्। उसो त कार्नी ब्यांक अफ इंग्ल्यान्डका पूर्वगभर्नर पनि हुन्।