विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कुल बजेटको लगभग ७० प्रतिशत स्वैच्छिक योगदानमा निर्भर छ, जसले दाताहरूलाई संगठनका प्राथमिकताहरूमा उल्लेखनीय प्रभाव पार्न अनुमति दिन्छ । त्यसपछि सबै भन्दा ठुलो दाता अमेरिका हो उसले सदस्यता छाडेपछि अब कसरी सस्था चल्छ भन्नेमा प्रश्नहरु उब्जिएका छन । यस आर्थिक संरचनाले डब्ल्यूएचओको स्वतन्त्रतासम्बन्धी चिन्ता बढाएको छ, विशेष गरी विश्वव्यापी स्वास्थ्य प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा । कुनै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओ चिनयिा प्रभावमा परेको आरोप लगाउने गर्दथे र सहयोग रोक्नु पर्ने बताउँदै आएका थिए । नभन्दै उनले आफ्नो पहिलो दिनमा नै डब्ल्यूएचओ त्यागेको घोषणा गरे ।
सन् २०२२ मा, डब्ल्यूएचओ सदस्यहरूले यसको वित्तीय मोडेलमा सुधार गर्न सहमति गरे । लक्ष्य २०३० सम्म सदस्य राष्ट्रहरूका शुल्कहरूबाट संगठनको बजेटको झण्डै आधा हिस्सा जुटाउने व्यवस्था बनाउने थियो । यो चार्ट हेर्दा पनि देखिन्छ की डब्ल्यूएचओ अमेरिकी सहयोगमा निर्भर रहेछ ।
डब्ल्यूएचओका शीर्ष दाताहरूको अवस्था हेर्दा अमेरिकी दाताहरुले सहयोग नगर्ने हो भने डब्ल्यूएचओ चल्न पनि अफ्ठ्यारो अवस्था देखिन्छ । सहयोग रकमको चार्ट हेर्दा (डलरमा) अमेरिकाले ९५८ मिलियन, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले ६८९ मिलियन, गाभी, द भ्याक्सिन एलायन्सले ५०० मिलियन, युरोपियन आयोगले ४१२ मिलियन, विश्व बैंकले २६८ मिलियन, जर्मनीले ३२४ मिलियन, युनाइटेड किंगडमले २१५ मिलियन, क्यानडाले १४१ मिलियन र युरोपियन इन्भेस्टमेन्ट बैंकले ११९ मिलियन डलर रकम सहयोग गर्ने गर्दछ ।
ट्रम्पको डब्ल्यूएचओसँगको विगतको सम्बन्ध पहिलो कार्यकालदेखि नै राम्रो थिएन । डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसँग सम्बन्ध तोड्ने प्रयास गरेको यो पहिलो पटक होइन । जुलाई २०२० मा, कोभिड–१९ को महामारीको बीचमा, ट्रम्प प्रशासनले डब्ल्यूएचओबाट बाहिरिने निर्णय ग¥यो र अमेरिकी वित्त पोषण रोकियो । तर, राष्ट्रपति जो बाइडेनले २०२१ मा कार्यालय सम्हालेको पहिलो दिनमै यो निर्णय उल्ट्याउँदै डब्ल्यूएचओलाई समर्थन पुनःस्थापित गरेका थिए । डब्ल्यूएचओसँग ट्रम्पको द्वन्द्व दोस्रो कार्यकालमा पनि जारी छ । हालै, अमेरिकी सार्वजनिक स्वास्थ्य अधिकारीहरूलाई डब्ल्यूएचओसँगको सबै सहयोग तुरुन्तै रोक्न निर्देशन दिइएको छ ।