अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अतिरिक्त शुल्कको धम्कीले बजार माग बढेको भन्दै बेलायतमा सन्चित गरिएको सुन झिक्न हप्तौसम्म पालो कुर्नुपर्ने अवस्था श्रृजना भएको छ । ट्रम्पको आदेशपछि बजारमा सुनको मुल्य बढेको मात्रै होईन की यति धेरै माग सिर्जना गरेको छ कि बेलायतमा राखिएको सुन निकाल्न व्यापारीहरूलाई हप्तौं लामो पालो कुर्नुपर्ने स्थिति आएको हो । बैंक अफ इङ्ल्यान्डमा सुनका साना सिला निकाल्नका लागि रहेका सबै समय बुक भई सकेको बताएका छन ।
बेलायती बजारका सुन व्यापारीहरु आफ्नो निकाल्दै सुनलाई अमेरिका पठाउन हतार गरिरहेका छन्, जहाँ सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । यदि ट्रम्पले घोषणा गरेका र योजनाबद्ध गरेका सबै शुल्क लागू भएमा सुनको आयात महँगो हुने चिन्ताले व्यापारीहरूलाई आपूर्तिमा कमी आउन सक्ने डर छ ।
“अमेरिकी सुन बजार लन्डन बजारभन्दा महँगोमा कारोबार भइरहेको छ,” बैंक अफ इङ्ल्यान्डका बजार र बैंकिङका उपगभर्नर डेभ र्याम्सडेनले बिहीबार पत्रकारहरूलाई बताएका छन । उनका अनुसार, भूमिगत भण्डारमा रहेका सुनका सिला मालिकहरू बढेको मूल्यबाट फाइदा उठाउन खोजिरहेका छन् ।”
जसको कारण संसारको दोस्रो ठूलो सुनको भण्डार रहेको बैंक अफ इङ्ल्यान्डले सुन निकाल्न ठूलो माग आएको भन्दै देखेको छ । “सुन ढुवानी गर्ने ती सबै संस्थाहरूले आगामी केही हप्तासम्मका लागि आवश्यक समय बुक गरिसकेको सिएनएनले समाचार छापेको छ । बैंक अफ इङ्ल्यान्ड, जुन बहुमूल्य धातुको प्रमुख अन्तर्राष्ट्रिय भण्डारकर्ताहरूमा न्युयोर्क फेडेरल रिजर्भपछि दोस्रो स्थानमा आउँछ । जहाँ ४ लाखभन्दा बढी सुनका सिला भण्डारण राखेको छ, जसको मूल्य अर्बौं पाउन्डमा अनुमान गरिएको छ ।
बेलायति कमर्जबैंकले शुक्रबार जारी गरेको नोटमा सुनको भण्डार अक्टोबरको अन्त्ययता लगभग दोब्बर भएको उल्लेख गरेको छ । हालका हप्ताहरूमा सुनको मूल्य वृद्धि भएको छ, किनभने लगानीकर्ताहरू ट्रम्पका शुल्क योजनाबाट त्रसित भएपछि सुनलाई सुरक्षित लगानीको रूपमा लिइरहेका छन् ।