January 19, 2025, Sunday
२०८१ माघ ६

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर जेल जाने संभावना

२०८१ भाद्र २२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

660

 

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन अन्तत जेल जाने संभावना बढेको छ । संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेको कारण उनि जोल जाने संभवना बढेको हो । हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार एक्कासी नौ वटा कसुर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन्।

सन् १९७० मा सर्वोच्च अदालतमा हेन्री अल्फर्डलाई लागेको ज्यान मुद्दामा उनले आफू निर्दोष रहेको तर मृत्युदण्डबाट जोगिनका लागि सेकेन्ड डिग्री मर्डर गरेको स्वीकार गरेका थिए। योजना नबनाई गरिएको नियतवश हत्या र मानव जीवनको वास्ता नगरी चरम लापरवाहीका कारण ज्यान गएमा अमेरिकी न्याय प्रणालीमा त्यसलाई सेकेन्ड डिग्री मर्डर भनिन्छ। न्यायाधीशले उनको माग स्वीकार गरेर अल्फर्डलाई मृत्युदण्ड नदिएर ुसेकेन्ड डिग्री मर्डरुका लागि ३० वर्ष सजाय दिएका थिए।

अमेरिकामा बिरलै मात्रै प्रयोग हुने अल्फर्ड प्ली दिन न्यायाधीशले माने अभियुक्तले गल्ती स्वीकार गरेपनि उनलाई निर्दोष मानिन्छ। हन्टरले बिहीबार ुअल्फर्ड प्लीु मागे पछि भने सरकारी वकिलले कडा प्रतिवाद गर्दै उनी दोषी भएको जिकिर गरेका थिए। त्यसको केहीबेर पछि हन्टरले अप्रत्यासित रूपमा गल्ती गरेको स्वीकार गरेका थिए।