February 7, 2025, Friday
२०८१ माघ २५

अमेरिकी चुनाव: उत्साहजनक अग्रिम मतदान

२०८१ कार्तिक ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

800

विश्वले नजिकबाट नियाली रहेको अमेरिकी चुनावको केहि दिनबाँकी हुँदा केहि राज्यहरुमा अर्लिमतदान भईरहेको छ । अमेरिकाका पचास राज्यमा अग्रिम निर्वाचनको छुट्टै व्इवस्थाहरु छन । केही राज्यमा अग्रिम मतदानको व्यवस्था नै छैन । अग्रिम निर्वाचनको व्यवस्था भएका राज्यमा धेरैमा पनि मुख्य निर्वाचन हुने दिनको एक महिनाअघिदेखि वा दश दिनअघिसम्मबाट निर्वाचन खुला गरिन्छ । जुन अहिले भईरहेको छ । त्यस्तै अग्रिम मतदान गर्न चाहनेका इमेलमार्फत गरिने मतदान र मुख्य चुनावअघि नै खुलेका मतदान केन्द्रमा मतदाता आफैँ गएर गरिने मतदान हो ।
अमेरिकामा राष्ट्रपतीय चुनावको मुख्य मतदानको दिन आउन डेढ हप्ता मात्र बाँकी रहँदा एक करोड ७० लाखभन्दा बढी मतदाताले आफ्नो मत जाहेर गरिसकेका तथ्यांक छ । अग्रिम मतदानको यस उच्च संख्याले कोरोना भाइरस महामारीका कारण अमेरिकीमा अग्रिम मतदानको बानी बलियो गरी गढेको र अग्रिम मतदान सधैँका लागि अमेरिकी लोकतान्त्रिक प्रक्रियाको स्थायी विशेषता भएको संकेत गरेको छ । यो पटक अर्लि मतदानमा रेकर्ड नै भएको बताइएको छ ।

सन् २०२० को चुनावमा देशभर मतदान गर्ने बानीमा व्यापक परिवर्तन देखिएको थियो, जुन वर्ष झनडै ६ करोड ५६ लाख मतदाताले इमेलमार्फत मतदान गरे भने थप तीन करोड ५८ लाख मानिसले आफैँ चुनावको मुख्य दिनअघि नै मतदान केन्द्रमा गएर भोट दिए । अहिले विश्व महामारीबाट बाहिरिसकेको अवस्थामा पनि धेरै अमेरिकी मतदाताले अग्रिम मतदान रोज्नुले यो बलियो गरी बानीमा विकास भएको संकेत गर्छ । अग्रिम मतदान विकल्पहरू विस्तार गर्ने नयाँ कानुनले पनि यस उच्च संख्यामा योगदान गरेको हुन सक्छ । यसपटक धेरै राज्यमा अग्रिम मतदानको पहिलो दिनमा उच्च मतदानको रेकर्ड बनेका छन् ।