स्टकहोम — भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार यसवर्ष आर्टिफिसल इन्टेलिजन्स ९एआई० सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती(क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई ‘आर्टिफिसल न्युरल नेटवर्कमार्फत् मेसिन लर्निङलाई सक्षम बनाउनेतर्फ आधारभुत खोज तथा आविस्कार गरेकाले’ पुरस्कार दिने निर्णय गरिएको नोबेल कमिटिले मंगलबार जनाएको छ ।
होपफिल्ड अमेरिकाको प्रिन्स्टन युनिभर्सिटीमा आणविक जीवविज्ञाका प्राध्यापक हुन् । युनिभर्सिटी अफ टोरन्टोमा कम्प्यूटर विषयका प्राध्यापक हिल्टनले एआईमा विद्याबारिधि गरेका छन् ।
यसअघि नोबेल पुरस्कार कमिटिले सोमबार चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई संयुक्त रूपमा प्रदान प्रदान गर्ने निर्णय गरेको थियो । उनीहरूलाई ’माइक्रोआरएनए’ को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि उक्त पुरस्कार दिने निर्णय भएको हो ।
रशायनशास्त्रतर्फको बुधबार र साहित्यतर्फको पुरस्कार विहीबार घोषणा हुँदै छ । शुक्रबार शान्ति र सोमबार अर्थशास्त्रतर्फका पुरस्कार विजेताको नाम सार्वजनिक हुने तालिका छ ।
नोबेल पुरस्कारको राशि एक करोड १० लाख स्वीडिश क्रोनर ९१० लाख अमेरिकी डलर० छ । विजेताहरूलाई आगामी डिसेम्बर १० मा भव्य कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ ।