Newyork Time 09:20 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

कारले ठक्कर दिँदा कुवेतमा ३ नेपालीको मृत्यु

२०८० चैत्र ९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.2K

कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँको नागार्जुन–२ सानो भर्‍याङका सुजन कार्की, अछामको पन्चदेवल विनायक–५ का सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार मंगलबार बिहान कोस्टल रोड एरियामा दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो। उनका अनुसार मृतकहरू कुवेतको स्क्वायर रेस्टुरेन्ट एन्ड क्याफेमा कार्यरत थिए। हवालीमा बस्दै आएका सुजन र धिरज सोमबार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएको र मंगलबार बिहान डिउटीको लागि कोठामा फर्कने क्रममा बस चढाउन आएका सुरतसहित तीनै जनालाई कुवेती नागरिकले चलाएको कारले ठक्कर दिँदा घटनास्थलमै निधन भएको गौतमले बताए।