February 8, 2025, Saturday
२०८१ माघ २६

ट्रम्पको नाममा ” मिम कोइन” क्रिप्टो करेन्सी मुल्य आकासियो

२०८१ माघ ७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

205

मिम कोइन नाम दिइएको उक्त क्रिप्टो करेन्सि सोमबार ट्रम्पले संयुक्त राज्य अमेरिकाका ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिनु अघि घोषणा गरेका थिए । उक्त डिजिटल मुद्रा केही घण्टामै कैयौँ अर्ब डलरमा परिणत भएको थियो ।
ट्रम्प अर्गनाइजेशनको एउटा भातृ निकाय सीआईसी डिजिटल एलएलसीले उक्त भेञ्चरको संयोजन गरेको थियो । विगतमा उक्त निकायले ट्रम्पको ब्रान्ड प्रयोग गरिएका जुत्ता र अत्तरहरू बिक्री गर्नेगथ्र्यो ।
मिम कोइनहरू इन्टरनेटमा भाइरल रहेका ट्रेन्डहरूलाई अझ लोकप्रिय बनाउन ल्याउने गरिए तापनि तिनको वास्तविक मूल्य धेरै नहुने र लगानीको हिसाबले जोखिम पनि बढी हुने ठान्ने गरिन्छ । तर घोषणा गरिएको केही घण्टामा नैे बजारको पुँजी ५.५ अर्ब डलर पुगेको कोइन माक्र्रेटक्याप डट कमले जनाएको छ । सीआइसी डिजिटल एलएलसी र यसै महिनाको सुरुमा डेलावेयरमा घोषणा भएको फाइट फाइट फाइट एलएलसीको स्वामित्वमा ८० प्रतिशत ’टोकन’हरू रहेका छन् । यसबाट ट्रम्पले कति आम्दानी गर्नेछन् भन्ने प्रस्ट छैन ।
“मेरो नयाँ आधिकारिक ट्रम्प मीम उपलब्ध भइसकेको छ । हाम्रा सबै मान्यताहरू, हाम्रो विजयका लागि खुसीयाली मनाउने समय यो हो,“ ट्रम्पले शुक्रवार राति मीम कोइनको घोषणा गर्दै आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका थिए ।
झन्डै २० करोड डिजिटल टोकनहरू सार्वजनिक गरिएको छ भने आगामी तीन वर्षमा थप ८० करोड क्रिप्टो सार्वजनिक गरिने उक्त कोइनको वेबसाइटमा जनाइएको छ । “ट्रम्प मीमले जतिसुकै अप्ठेरो परिस्थितिमा पनि पछि नहट्ने एउटा नेताप्रति सम्मान व्यक्त गर्छ,“ सो वेबसाइटमा भनिएको छ ।
त्यसमा एउटा स्पष्टीकरण पनि उल्लेख गरिएको छ जसले उक्त सिक्का लगानीको अवसर र सुरक्षा सवाल हुन नचाहेको र नरहेको भन्दै कुनै राजनीतिक अभियान, कार्यालय वा सरकारी निकायसँग यसको लेनादेना नरहेको जनाइएको छ ।
एता ट्रम्पका आलोचकहरूले भने ट्रम्पलाई राष्ट्रपतीय पदको प्रयोग गरेर लाभ लिन खोजेको आरोप लगाएका छन् । “ट्रम्पले ८० प्रतिशत स्वामित्व राख्नु र शपथग्रहणअघि यसलाई सार्वजनिक गर्नु अरूलाई सिकार गर्नु जस्तै हो । यसबाट धेरैलाई चोट पर्नसक्ने सम्भावना छ,“ सामाजिक सञ्जालमा राखिएको पोस्टमा एकजना क्रिप्टो भेन्चर क्यापिटालिस्ट निक टोमाइनोले भने ।
यस्ता खालका डिजिटल मुद्राहरू बदनाम छन् किनभने उनीहरूले पछाडि आउने लगानीकर्ताहरूलाई ठूलो नोक्सानी गराउँछन् । चर्चाका कारण सुरुमा ह्वातै मूल्य बढ्ने भएपनि पछि बजार मूल्य निकै कम हुने जोखिम रहन्छ । क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूले ट्रम्प प्रशासनले उक्त उद्योगलाई बढवा दिने अपेक्षा गरिरहेका छन् । राष्ट्रपति जो बाइडनका नियामक निकायहरूले ठगी र सम्पत्ति शुद्धीकरण जस्ता चिन्ताहरू व्यक्त गर्दै क्रिप्टो कम्पनीहरूविरुद्ध कडा नीति अख्तियार गरेका थिए ।