March 26, 2025, Wednesday
२०८१ चैत्र १३

ट्रम्पले स्टील र आल्मुनियममा सबै देशलाई २५% कर लगाउने

२०८१ माघ ३०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

280

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि स्टील र आल्मुनियम आपुर्तिमा २५ प्रतिशत कर लगाएका छन्।  कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उक्त कार्य अमेरिकाको लागि महत्त्वपूर्ण भएको बताए। उनले भने, ‘यो कार्य अमेरिकालाई फेरि धनी बनाउने सुरुवात हो।’  ट्रम्पले स्टील र आल्मुनियममा लगाइएको कर सबै देशहरूमा लागू हुने बताए।

उनले भने, ‘हाम्रो देशलाई विदेशी भूमिमा बनेको नभइ अमेरिकामै उत्पादन गरेको स्टील र आल्मुनियम चाहिन्छ।’ट्रम्पले उपभोक्ताहरूको लागि पनि यही उत्पादन गरेपछि सस्तो हुने भए आश्वासन दिए। क्यानडा र मेक्सिको स्टील व्यापारमा अमेरिकाका सबैभन्दा ठूला साझेदार हुन्। अमेरिकामा आल्मुनियम धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता क्यानडा  हो।