January 15, 2025, Wednesday
२०८१ माघ २

पाकिस्तान र अफगानिस्तानबीच ठूलो युद्धको तयारी

२०८१ पुष १३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

165

केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको तनावले अहिले ठूलो रुप लिएको छ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले बढ्दै गएको छ ।

स्रोतका अनुसार अहिले १५ हजार तालिबानी लडाकु पाकिस्तानतर्फ बढिरहेका छन् । यसैबीच, पाकिस्तानी सेना र वायुसेनाले पेशावर र क्वेटाबाट सेना तैनाथ गरेको समाचार छ।

स्रोतका अनुसार पाकिस्तानी सेनाका केही फौज अफगानिस्तानको सीमामा पुगेका छन् । यसै क्रममा अफगान तालिवान मिर अली सीमा नजिक पुगेका छन् । तर, अहिलेसम्म गोली चलेको कुनै संकेत नभेटिए पनि तैनाथी बढाइएको छ ।

यसैबीच अफगानिस्तानको विदेश मन्त्रालयले काबुलस्थित पाकिस्तानी दूतावासका इन्चार्जलाई बोलाएको छ । अफगान विदेश मन्त्रालयका प्रवक्ता हाफिज जिया अहमदले आक्रमणको कडा निन्दा गर्दै यसलाई दुई देशबीचको सम्बन्धमा दरार ल्याउने प्रयास भनेका छन्।

तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले हालै वजिरिस्तानको माकिन क्षेत्रमा ३० पाकिस्तानी सेनाको हत्या गरेको प्रतिक्रियामा पाकिस्तानले अफगानिस्तानमा आक्रमण गरेपछि यो तनाव बढेको हो