February 8, 2025, Saturday
२०८१ माघ २६

बराक ओबामा पत्नी मिसेलले राष्ट्रपति ट्रम्पको सपथग्रहण कार्यक्रम बहिस्कार गर्ने

२०८१ माघ २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

505

पूर्वप्रथम महिला मिशेल ओबामाले डोनाल्ड ट्रम्पको आगामी राष्ट्रपति पदको पदस्थापन समारोहमा भाग नलिने घोषणा गरेकी छिन । जनवरी २०मा अमेरिकी राजनीतिक व्यक्तिहरूको प्रमुख भेला हुने स्थानमा उनि सहभागी हुने छैनन । ट्रम्पका कारण विगतमा पनि मिसेलले विभिन्न अपामनजनक शब्दहरु महसुश गरेकी थिईन । तर उनका पति पूर्वराष्ट्रपति बाराक ओबामा भने २० जनवरीको समारोहमा पूर्व राष्ट्रपति बिल क्लिन्टन र जर्ज डब्ल्यू बुससँग सहभागी हुनेछन् । मिसेलको कार्यलयद्धारा जारी विज्ञप्तिमा अमेरिकी संसद भवनमा हुने यस कार्यक्रममा अनुपस्थित हुने कारण भने खुलाएको छैन ।

राष्ट्रपति ट्रम्प आउने भएकोले मिसेल गतहप्ता पूर्वराष्ट्रपति जिम्मी कार्टरको राजकीय अन्त्येष्टिमा पनि अनुपस्थिति भईन । उक्त कार्यक्रममा बाराक ओबामालाई डोनाल्ड ट्रम्पसँग सौहार्दपूर्ण कुराकानी गरिरहेको देखिएको थियो, यद्यपि उनीहरूको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण रहेको छ । त्यो बेला मिशेल ओबामा हवाईमा थिइन् ।
“पूर्व राष्ट्रपति बाराक ओबामा ६०औं उद्घाटन समारोहमा सहभागी हुने पक्का छ। पूर्व प्रथम महिला मिशेल ओबामा भने आगामी उद्घाटन समारोहमा सहभागी हुने छैनन्,” ओबामाको कार्यालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ । स्मरणीय रहोस उनै ट्रम्पले अघिल्लो पटक चुनाव हारेपछि राष्ट्रपति बाईडनलाई न्यूनतम प्रक्रिया समेत परार नगरी ह््वाईट हाउसबाट हिडेका थिए । तर पनि बाईडनले भने यस अघि नै भेटेर बधाई दिंदै शान्तिपुर्ण पदहस्तान्तरण गर्ने बताएका छन ।