January 15, 2025, Wednesday
२०८१ माघ ३

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

२०८१ पुष १२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

205

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार सिंहको निधन भएको हो ।

सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना गरिएको थियो । एम्सको मिडिया सेलले सिंहको निधन भएको जानकारी दिएको छ । घरमै बेहोस भएपछि उनलाई एम्सको इमर्जेन्सीमा ल्याइएको थियो । राति ९ः५१ बजे उनको मृत्यु भएको जनाइएको छ ।

मनमोहन सिंह दुईपटक भारतको प्रधानमन्त्री भइसकेका छन् । उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए ।