March 26, 2025, Wednesday
२०८१ चैत्र १२

राष्ट्रपति उम्मेदवार ट्रम्पलाई विश्वकै धनी मस्कले दिए ७५ मिलियन डलर

२०८१ कार्तिक १
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

490

टेस्लाका प्रमुख तथा विश्वकै धनी व्यक्ति एलन मस्कले अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ७५ मिलियन डलर सहयोग गरेका छन्। मक्सले विगतदेखि नै यदि यस पटक ट्रम्पले हार्यो भने अमेरिकी ईतिहासमा कहिल्यै अमेरिकी जनताले नजित्ने संधै आप्रवासीको बाहुल्यता हुने भन्दै आएका थिए । संसारकै सबैभन्दा बढी धनी व्यक्तिहरूमध्यकेका एक मस्कले पूर्व राष्ट्रपति एवं आगामी राष्ट्रपति पदका उम्मेदवार ट्रमपको चुनावी अभियानका लागि भन्दै हालसम्म ७५ मिलियन डलर सहयोग गरिसकेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिकाको सरकारी निकायले गरेको जाँचमा मस्कले पछिल्लो ३ महिनामा उक्त रकम सहयोग गरेको खुलेको हो।

मस्कले गत जुलाईमा ट्रम्पलाई आफ्नो समर्थन रहेको घोषणा गरेका थिए। यसअघि पनि मस्कले ट्रम्पका विभिन्न मुद्दामा समर्थन जनाउँदै आएका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचन आगामी नोभेम्बर ५ मा हुनेछ। उनको प्रतिद्वन्द्वीको रुपमा डेमोक्रेट उम्मेदवार एवं वर्तमान उपराष्ट्रपति कमला ह्यारिस रहेकी छिन्।