May 15, 2025, Thursday
२०८२ जेष्ठ २

राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले (एमसीए) नेपाल प्रभावित

२०८१ फाल्गुन ७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

395

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले अन्ततः नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल कार्यक्रम प्रभावित भएको छ ।

यसअघि अर्थ मन्त्रालयले एमसीए प्रभावित नहुने भने पनि अहिले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले तीन महिनाका लागि एमसीए नेपाल कार्यक्रम पनि स्थगित भएको औपचारिक जानकारी दिएको छ ।

‘अमेरिकी सहायता संस्था एमसीसीले फागुन २ मा पठाएको इमेलमा नेपाल सरकार र उक्त निकायबीच २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनासँग सम्बन्धित एमसीसी कोषबाट भुक्तानी हुने क्रियाकलापहरु अमेरिकी राष्ट्रपतिको २० जनवरी २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालालाई जानकारी गराइन्छ,’ अर्थमन्त्री पौडेललेको सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।