चुनावी प्रचारप्रसारमा उमेरका कारण कमजोर भएको आरोप लागि रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड संक्रमण पुष्टी भएपछि आगामी चुनावी सभाहरु स्थगित गरिएको छ । चुनावी अभियानका क्रममा लस भेगासमा पुगेको बेला बाइडेनलाई कोभिड परीक्षण गर्दा संक्रमण पुष्टी भएको बताइएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति वाईडेनले केहि दिन आरम गर्नु भएकोले आफ्नो नीजि निवास डेलावर जाने भएका छन ।
८१ बर्षका बाइडेन आइसोलेशनमा बस्नका लागि डेलावरमा रहेको घर फर्कने भएका हुन । डाक्टरको सल्लाह बमोजिम ह्वाइट हाउसका भेटघाट गर्नु पर्ने हुनसक्ने भएकोले डेलावर बस्ने योजना बनाएका हुन । राष्ट्रपति बाइडेनले प्याक्सलोभिडको पहिलो डोज पनि लिएका छन् । यद्दपि अवस्था भने समान्य रहेको जनाईएको छ । बाइडेन बेलुकी साँढे ६ बजे लस भेगासमा एयर फोर्स वनमा ड्लावर गएका हुन ।