May 15, 2025, Thursday
२०८२ जेष्ठ २

राष्ट्रपतिद्धय जेलस्की र ट्रम्प विवाद अमेरिकी कुटनीतिक ईतिहासमा कालो दिनः रिपव्लिकन नेता डन बेकन

२०८१ फाल्गुन १७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

780

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले शुक्रबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई ठूलो स्वरमा गाली गरेको समाचारले विश्व समुदायको ध्यान खिचेको छ । सन्चार माध्यमसामु अमेरिकी राष्ट्रपति र विदेशी नेताबीच ओभल अफिसमा देखिएको र टेलिभिजनमा प्रशारण पहिलो विष्फोटक बाझाबाझ थियो ।
त्यसपछि दुई देशबीच हुन लागेको महत्वपुर्ण मानिएको खनिज संझौता केहि समयलाई टरेको बताइएको छ ।
ट्रम्प र भान्सले जेलेन्स्कीलाई रुससँगको युद्धमा अमेरिकी समर्थनको लागि आवश्यक लचिलो वा उनिहरुप्रति नरम नभएको भन्दै आलोचना गरेका छन् । उनीहरुले अमेरिकाको जुनसुकै शर्तमा शान्ति सम्झौता गर्न जेलेन्स्कीलाई पार्न खोजेका थिए । आवाज चर्को बन्दै गएपछि र आक्रोश बढ्दै गएपछि ट्रम्पले जेलेन्स्कीद्वारा भने अनुशार नगरिए युक्रेनलाई पूर्ण रूपमा त्याग्ने धम्की दिए पछि प्रत्यक्ष लार्यभ भईरहेको बैठक सकिएको भिडियोमा देखिन्छ । यतिखेर सो लाईभ भिडियो विश्वभर चर्चित भईरहेको छ । अमेरिका आएका बेला राष्ट्रपति ट्रम्पले राम्रो स्वागत गरेर प्रशंसा समेत गर्न भ्याए पनि मिडियाको सामु भईरहेको वार्ता एकाएक तातेको थियो ।

विवादपछि प्रतिनिधि रिपब्लिकन पार्टीका नेब्रास्का डन बेकनले शुक्रबार राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवादास्पद बैठकलाई अमेरिकाको विदेश नीतिका लागि “खराब दिन“ को रूपमा वर्णन गरेका छन । युक्रेनलाई स्वतन्त्रता, स्वतन्त्र बजार, र कानूनी शासन चाहिन्छ । उसले पश्चिमी मुलुकहरूको हिस्सा बन्न चाहन्छ । रुसले हामीलाई र हाम्रो पश्चिमी मूल्यहरूलाई घृणा गर्छ । हामी स्वतन्त्रताको पक्षमा छौँ भनेर स्पष्ट हुनुपर्छ,“ बेकनले शुक्रबार द हिल लाई पठाएको सन्देशमा उल्लेख गरेका छन ।
शुक्रबार वाशिङ्टन भ्रमणका क्रममा जेलेन्स्कीमाथि राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले आक्रोश पोखेका थिए । उनीहरूले युक्रेनी नेतामाथि अमेरिका द्वारा प्रदान गरिएको अर्बौं डलरको सहायता प्रति कृतज्ञता नदेखाएको आरोप लगाएका छन । साथै, उनले रसियासँगको वार्तामा निकै कम दबाब राख्ने स्थिति भएको भन्दै आलोचना गरे ।
बैठक सुरुवातमा सौहार्दपूर्ण देखिएको थियो, जसमा ट्रम्पले युक्रेनी सेनाको बहादुरीको प्रशंसा गरेका थिए । तर, जब किभका नेताले उपराष्ट्रपति वान्सलाई रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कूटनीतिक सम्झौता गरेर तीन वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्न सकिने तर्क अघि सारे, त्यसपछि वातावरण तनावपूर्ण बन्न पुग्यो ।
युक्रेनी राष्ट्रपतिले रसियाले छिमेकी देशमाथि गरेको आक्रमण, युद्धबन्दी आदान–प्रदान गर्न पुटिनको अस्वीकार, र विगतका युद्धविराम प्रयासबाट पछि हटेको घटनाहरूलाई औंल्याएका थिए । यो घटनाबाट रसियन राष्ट्रपति पुटिनको जित भएको भन्दै कुटनीतिक बृतमा चर्चा भएका छन ।