अमेरिकी राष्ट्रपति चुनावका लागि आज पहिलो पटक जर्जियाको एटलान्टास्थित सीएनएन स्टुडियोमामा राष्ट्रपतिय डिबेटमा सहभागी हुँदैछन । आजको डिबेट पत्रकारद्धय जेक ट्यापर र डाना बासले बहस संचालन गर्नेछन् । उनीहरु आज आफ्नो पहिलो बहसको लागि बहस राती अमेरिकी समय अनुसार ९ बजे सुरु हुनेछ । वर्तमान राष्ट्रपति र पूर्व राष्ट्रपति बीचको बहस यो पहिलो हो । ९० मिनेटभन्दा बढी बहस हुनेछ । बहसमा आप्रवासन, कर प्रणाली, वैदेशिक मामिला र गर्भपतनको अधिकार लगायतमा केन्द्रित हुनेछ ।
अमेरिकामा चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी नोभेम्बरमा हुँदै छ ।
यसपटक गर्भपतन, मेक्सिकोतर्फको सीमाबाट बढेको आप्रवासीको आगमन, गाजायुद्ध र युक्रेनयुद्ध प्रमुख चुनावी मुद्दा हुनेछन् । यी मुद्दामा बाइडेन र ट्रम्पबीचको बहसले नागरिकलाई आफ्नो मत के गर्ने भन्नेमा केहि सहज बनाउने छ । अघिल्लो चुनावमा शीर्ष १० मुद्दा नरहेको गर्भपतनको मुद्दा यसपटक पहिलो नम्बरमा आएको छ । विशेषतः सन् २०२२ जुन २४ कन्जर्भेटिभ न्यायाधीशको बाहुल्य रहेको अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारलाई दिइएको संवैधानिक संरक्षण खोसेपछि यस्तो स्थिति आएको हो ।
अदालतको सो निर्णयले ४९ वर्ष पुरानो ‘रो वी वेड’ मुद्दाले प्रदान गरेको संवैधानिक संरक्षण उल्ट्याएको थियो । सो निर्णयपछि रिपब्लिकन पार्टीको सरकार रहेका केही राज्यले गर्भपतनमाथि प्रतिबन्ध लगाए । गर्भपतनको अधिकारमाथिको संवैधानिक संरक्षण खोसिएपछि अमेरिकी महिला रिपब्लिकन पार्टीसँग आक्रोशित भएको विश्लेषकहरू बताउँछन् । यसलाई बाइडेनको पार्टीले क्यास गर्न खोजिरहेको छ । सुरक्षा अवस्थालाई ध्यानमा राख्दै र ट्रम्पको छुद्र व्यवहारलाई पनि मुल्यांकन गर्दै केहि नयाँ नियमहरु बनाइएको छ । जसमा प्रत्येक उम्मेदवारको माइक्रोफोन बोल्ने पालोमा बाहेक अरुबेला म्यूट गरिनेछ । स्टेजमा कुनै पूर्वलिखित नोटहरूलाई अनुमति दिइने छैन। उम्मेदवारहरूलाई एउटा कलम, कागजको प्याड र पानीको बोतल मात्र दिइनेछ।