April 23, 2025, Wednesday
२०८२ बैशाख ११

ठुला देशहरुमा भिषा कडाई भएपछि अन्तर्राष्ट्रिय विधार्थीहरुले गन्तव्य बदल्न थाले

२०८१ चैत्र १२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

790

आकर्शक आप्रवासन र शैक्षिक गन्तव्य रहेका मुलुकहरुले एकपछि अर्को गर्दै भिषामा कडाई गर्न थालेपछि अन्तर्राष्ट्रिय विधार्थीहरु तेश्रो गन्तव्य खोज्न थालेको एक रिर्पोटले जनाएको छ । खासगरी प्रमुख अङ्ग्रेजी बोल्ने गन्तव्यहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आवेदनमा स्वीकृति दरमा उच्च गिरावट, बसोबास महंगो र पढाईपछि काम पाउन कठिन हुन थालेपछि विधार्थीहरु गैर–अङ्ग्रेजी अर्थात कम अंग्रेजी बोल्ने देशहरूतर्फ सोझिन थालेका छन । जहाँ भिषा लाग्न सजिलो, काम पाईने र बासोबास सस्तो वा सजिलो जीवन यापन मुख्य आकर्षक मानिएको छ ।

ग्लोवल एजुकेसन टे्रन्ड २०२५ रिपोर्ट अनुसार, अध्ययन विदेश परामर्श संस्थाहरु क्यानडा, अष्ट्रेलिया, बेलायत र संयुक्त राज्य अमेरिका जस्ता देशहरूले विद्यार्थीको चासोमा नाटकीय घटौती गरे पछि जर्मनी, फ्रान्स र फिनल्यान्ड जस्ता देशहरुमा तीव्र गतिमा आकर्षक विकल्पको रूपमा जान थालेको अध्ययनले उल्लेख गरेको छ । त्यसरी विधार्थीहरुले गन्तव्य परिवर्तन गर्न थाल्नुमा बढ्दो भिसा कडाई नीतिहरू, महंगो बसोबास, र अध्ययन पछि कामका अवसरहरूमा कमी रहेको देखिएको छ । विधार्थीहरुले जर्मनी, फ्रान्स र फिनल्यान्ड डेनमार्क जस्ता देशहरु राज्नुमा कम ट्यूशन शुल्क, भिषा सजिलै लाग्नु र दीर्घकालीन बसोबासको मार्गहरू सस्तो र सजिलै काम पाउने रहेका छन ।

भौगोलिक र राजनीतिक परिवर्तन, आर्थिक दबाब, नयाँ सरकारहरू र द्रुत प्रविधिको विकाससँगसँगै विश्व परिस्थिति रूपान्तरण हुँदै गएका छन । विद्यार्थीहरू, संस्थाहरू र नीति निर्माताले जटिलताहरूको समाना गर्दै आएका छन । अन्तर्राष्ट्रिय शिक्षा पहुँच योग्य, अनुकूलनीय र प्रभावकारी नहुन थालेपछि अन्तराष्ट्र्रिय विधार्थीहरुको विकल्पका रुपमा नयाँ गन्तव्यहरु देखिन थालेका हुन ।

मुख्य शिक्षा गन्तव्यहरूमा रहेका संस्थाहरू र सरकारहरू उच्च–गुणस्तरका अनुभवहरू सृजना गर्नमा केन्द्रित छन् । जसले विविध विद्यार्थीहरूको समूहलाई समृद्ध हुन सक्षम बनाउँछ । विद्यार्थीले जुनसुकै स्थान रोजेपनि समग्र शैक्षिक, सामाजिक र व्यावसायिक अब दीर्घकालीन संस्थागत सफलताका लागि स्थानहरु प्रिय लाग्ने भएकोले पनि विधार्थीका रोजाई फरक हुन थालेका हुन ।

देशको भौगोलिक र राजनीतिक परिवर्तनहरू, भिसा नीतिहरूमा परिवर्तन, आर्थिक चुनौतीहरू र औैद्योगिकी प्रगतिको विस्तृत विश्लेषणले लक्षित रणनीतिहरू निर्माण गर्न सशक्त बनाउनेछ । यो रिपोर्टले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा परिवर्तन ल्याउने निश्चित देखिएको छ । जर्मनीले अभिल्लो बर्षको तुलनामा ३ प्रतिशत बढी ३ लाख ८० हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्थान दियो । जर्मनीले अन्य देशको तुलनामा विद्यार्थीहरूलाई अध्ययनको क्रममा बढी घण्टा काम गर्न अनुमति दिन्छ र स्थायी आवासको लागि सरल मार्गदर्शन प्रदान गर्ने गर्दछ । साथै औसत ट्यूशन शुल्क धेरै कम रहेको छ, र धेरै कार्यक्रमहरू निःशुल्क प्रदान गरिन्छ ।

त्यसैगरी फ्रान्समा अघिल्लो बर्ष ४ लाख ३६ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भर्ना गरेको तथ्यांक छ, जुन अघिल्लो वर्षको तुलनामा ५% वृद्धि हो । फ्रान्समा विद्यार्थीहरूको समायोजन सुधार गर्नका लागि नीतिहरू, जसमा निःशुल्क फ्रेन्च भाषा कोर्स र बृद्धि भएको आवास विकल्पहरू समावेश गरिएको बताईन्छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि ट्यूशन शुल्क अत्यधिक अनुदान गरिएको छ र जसले विधार्थीहरुलाई जीवन यापनमा सजिलो बनाउँछ ।

त्यस्तै फिनल्यान्डमा व्यवसाय र स्वास्थ्य सेवामा अंग्रेजीमा पढाइ हुने कार्यक्रमहरूको लागि आवेदनमा वृद्धि देखिएको छ । आवासीय मार्गहरूमा सुधार गरिएको छ, जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्ना परिवारहरूलाई ल्याउन र स्थायी रूपमा बसोबास गर्न सजिलै अनुमति दिन्छ । विकासशील देशका विद्यार्थीहरूको लागि छात्रवृत्तिहरूको लागि बृद्धि भएको अध्ययनमा उल्लेख छ ।

प्रमुख अङ्ग्रेजी बोल्ने गन्तव्यहरू अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायतमा अन्तर्राष्ट्रिय आवेदनहरूको घट्दो मात्रामा देखिएको छ । जहाँ पढाई, बसोबास र अध्ययन फिहरु महंगो हुँदै गएको र भिषा प्रक्रियामा पनि जटिलता थपिएका छन । ती देशहरुमा भिषा लाग्ने क्रम पनि व्यापक कम हुँदै गएका छन । जुन तल देखाइएको छ ।

chart