देशभर परेको अबिरल बर्षका कारण मर्नेको सख्या एक सय नाघेको गृह मन्त्रालयले जनाएको छ । यकिन तथ्यांक आई नसकेपनि त्यो सख्या बढ्ने अनुमान छ । बर्षातका कारण सयौ पहिरो गएकाले राजमार्गहरु सवारी यातायात प्रभावित भएको छ ।
यता काठमाडौँ उपत्यकाका नदी, खोला किनारमा पानीको सतह बढेसँगै डुबानमा परेको छ । अविरल वर्षाका कारण धेरै ठाउँमा डुबान भएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए । काठमाडौंका खोला, नदीहरूमा पानीको सहत निकै बढेको छ, सम्भावित जोखिमलाई मध्यनजर गरेर अहिले पनि पेट्रोलिङ टोली खटिएको छ । खोला मिचेर घर बनाएका कारण काठमाडौंमा पानी पर्दा सडक किनारका घरहरु डुवानमा पर्ने गरेको छ ।
काठमाडौँ उपत्यकास्थित वागमती, विष्णुमती र मनोहरा नदी सहतका खोलामा गएरातिदेखि प्रहरीले नियमित गस्ती तथा पट्रोलिङ गरिरहेका र उद्धारका लागि सुरक्षाकर्मी तयारी अवस्थामा रहेका सहायक प्रवक्ता बस्यालले बताए ।