Newyork Time 11:36 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

पर्यटकीय राजधानी घोषणाले पोखराको ब्रान्डिङ हुनेछ: प्रचण्ड

२०८० चैत्र ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

760

४ चैत, पाेखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका छन् ।

आइतबार पर्यटकीय राजधानी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवर्द्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताएका हुन् ।

पोखरा नेपालका मुख्य शहरमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त भएको उनको भनाइ छ । उनले भने ‘सुन्दर हिमश्रृङ्खला, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद, छाँगा, गल्छीहरूले पोखराको सुन्दरता थपेका मात्रै छैनन्, आर्थिक विकास, आत्मनिर्भर अर्थतन्त्र, सांस्कृतिक वैभवलगायतमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् ।’

पर्यटकीय राजधानी घोषणाले पर्यटन बजारको पहुँच विस्तार गर्न, लगानीकर्तालाई अनुकूल वातावरण सिर्जना गर्न र जनताको जीवनस्तरमा गुणात्मक प्रभाव पार्न महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको प्रधानमन्त्रीले बताए ।