May 15, 2025, Thursday
२०८२ जेष्ठ २

स्ववियु निर्वाचनमा २५ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा

२०८१ फाल्गुन २०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

310

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ संघ–संगठनबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार चैत ५ मा हुने चुनावमा सहभागी हुन सोमबार विद्यार्थी संगठन दर्ता भएका छन् ।

समितिका सदस्यसचिव पशुपति अधिकारीले त्रिविका ६२ वटै आंगिक क्याम्पसमा निर्वाचन समिति गठन भएको बताए । निर्वाचनका लागि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी, अखिल क्रान्तिकारी (वैद्य), राष्ट्रिय प्रजातन्त्रवादी विद्यार्थी संगठन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं र अखिल नेपाल विद्यार्थी युनियन दर्ता भएका छन् ।

त्यस्तै लोकतान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियु (पाँचौं), विद्यार्थी जनमत संघ, नेपाल विद्यार्थी मोर्चा, प्राज्ञिक विद्यार्थी परिषद्, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी बहुमत पनि दर्ता भएका छन् ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी मञ्च पनि दर्ता भएको समितिले जनाएको छ । २०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघ–संगठनले भाग लिएका थिए ।