घादिंग जिल्लाबाट विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीको साझ संस्था अन्तर्राष्ट्रीय धादिंग समाजको तेस्रो महाअधिवेशनबाट अध्यक्षमा राजन खकुराललाई पुननिर्वाचित गरेको छ । नेपाल सरकारका कृषि तथा पसुपन्छिमंत्री रामनाथ अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त अधिवेशनबाट क्न्द्रिय कार्यसमिति गठन भएको छ ।
अधिवेशनले राजन खकुरालको अध्यक्षतामा चार जना जनालाई पछि मनोनित गर्ने गरि १९ सदस्यीय कार्य समिति चयन गर्नको छ । निर्वाचित अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष दिनेश तामाङ नेपाल, उपाध्यक्षमा सविना थपलिया अस्ट्रेलिया, उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ जापान, उपाध्यक्ष बद्री खतिवडा अमेरीका, महासचिवमा बाबुकाजी भण्डारी जापान, सचिवमा राजेन्द्र थपलिया दक्षिण कोरिया, सचिवमा कल्याण विक्रम कार्की अष्ट्रेलिया, कोषाध्यक्षमा रामकुमार थापा नेपाल, सह कोषाध्यक्षमा सोमनाथ कडेंल कतार, रहेका छन । त्यसैगरी सदस्यहरुमा दिपक तिमिल्सिना युके, पारस भण्डारी अस्ट्रेलिया, विनोद उप्रेती अस्टे«लिया,क मल दुवाडी अमेरीका, छन्द प्रसाद सिलवाल भारत, रहेका छन । धादिड जिल्लाको धादिडबेसीमा सम्पन्न कार्यक्रममा मानीय गोविन्द लम्साल, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना, गैरआवासिय नेपाली संघका उपाध्यक्ष रामशरण सिंखडालगायत व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।