January 15, 2025, Wednesday
२०८१ माघ ३

अब अमेरिकाले जन्मका आधारमा नागरिकता नदिने

२०८१ मंसिर २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

330

 

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन्। राष्ट्रपति चुनाव जितेपछि अन्तर्वार्ताका क्रममा ट्रम्पले जन्मेकै आधारमा जो कोहीले पनि अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने बताएका हुन्। ट्रम्मले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्नेछन्। आफूले राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पुनरवलोकन गर्ने उनले बताएको बिबिसीले एनबिसीलाई उद्धृत गर्दै लेखेको छ।

अब अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाउने तर कुनै पनि कागजात नभई अमेरिका पुर्‍याइएका आप्रवासीहरूबारे भने डेमोक्र्याटसँग मिलेर काम गर्ने ट्रम्पले बताएका छन्। अमेरिकी संविधानको १४ औं संशोधनले अमेरिकामा जन्मिने सबै अमेरिकी नागरिक हुने भनेको छ। ुहामी त्यसलाई परिवर्तन गर्नेछौं, यसको अन्त्य गर्नेछौं,ु उनले भने। त्यसका लागि सविधान नै संशोधन गर्नु भएकाले त्य िसजिलो भने छैन । यस्तो नीतिले संसारका अरू देशका मानिसहरू अमेरिका गएर बच्चा जन्माउने प्रवृत्तिलाई रोक्ने बताइएको छ। अमेरिकाको आप्रवासी नीतिका सम्बन्धमा बाइडेन र डेमोक्र्याटभन्दा ट्रम्प र रिपब्लिकनहरू कडा मानिन्छन् ।

अमेरिकामा अबैध आप्रवासीबाट जन्मेका १५ लाख भन्दा बढी बच्चाहरु रहेका छन । उनिहरुले जन्मका आधारमा नगरिकता पाएका हुन । नियम परिवर्तन भएमा यस्ता अबैध आप्रवासीबाट जन्मेका बच्चाहरुले नागरिकता पाउने छैनन । अर्कोतर्फ विश्वभरीबाट अमेरिका आएर बच्चा जन्माउने अनि अमेरिकी नागरिकता लिने प्रचलन पनि रहेको छ ।