अमेरिकाका विभिन्न राज्यहरूमा आएको विनाशकारी आँधीका कारण कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्। तीमध्ये १५ जनाको मृत्यु प्रत्यक्ष रूपमा घुम्रपात (टोर्नाडो)का कारण भएको पुष्टि भएको छ। देशभर लाखौं अमेरिकीहरू चरम मौसमको खतरामा रहेका छन् । विशेषगरी मध्यपश्चिम तथा दक्षिणी राज्यहरू अत्यन्तै प्रभावित हयेका छन् । यस आँधी प्रणालीसँगै ८० माइल प्रति घण्टा (लगभग १२८ किमि/घण्टा) को तीव्र हावा र ठूलो असिनापानीको सम्भावना रहेको छ। यसै घुम्रपात (टोर्नाडो) तथा आँधीले क्यान्सस, टेक्सस र ओक्लाहोमा जस्ता राज्यहरूमा डढेलो लाग्नुको साथै आँधी निम्त्याएको थियो ।
जसका कारण १३ जनाको मृत्यु भएको छ। अर्कान्ससको केभ शहरमा १६५ माइल प्रति घण्टा (लगभग २६५ किमि/घण्टा) को हावा चलेको पुष्टि भएको छ, जुन इएफ३ श्रेणीको शक्तिशाली घुम्रपात (टोर्नाडो) मानिन्छ। पछिल्लो २४ घण्टामा मिजोरी, अर्कान्सस, मिसिसिपी, लुजियाना, इलिनोइस, र इन्डियाना गरी ६ राज्यहरूमा ३० भन्दा बढी घुम्रपात (टोर्नाडो) देखिएको छ। मिसिसिपीमा केही ठाउँहरूमा घुम्रपात (टोर्नाडो)का कारण ठूलो क्षति भएको छ। मिसिसिपी र लुजियानाको पूर्वी भागमा साँझ ६ बजेसम्म चेतावनी जारी रहेको छ । अलाबामाको धेरै क्षेत्रमा साँझ ८ बजेसम्म चेतावनी जारी गरिएको छ । अर्कान्ससकी गभर्नर सारा हकाबी स्यान्डर्सले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दूरवार्ता (टेलिफोन) वार्ता गर्दै आफ्नो राज्यमा आएको घुम्रपात (टोर्नाडो) बारे छलफल गरेकी छन्।