January 19, 2025, Sunday
२०८१ माघ ६

अमेरिकाको ओक्लोहामामा नेपाली विधार्थीको डुवेर निधन

२०८१ श्रावण ३१
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

895

 

अमेरिकाको ओक्लाहोमा राज्यमा तीन हप्ता अघि अमेरिका पढ्न आएका नेपाली विधार्थी कोशल पराजुलीको पौडी खेल्ने क्रममा पानीमा डुबेर निधन भएको समाचार छ । २० बर्षिय बिधार्थी पराजुलीको मामा कमल पोखरेलले आफ्ना भान्जा कोशल पराजुली भैरहवा मणिग्रामबाट अमेरिकाको अलावामामा विधार्थीका रुपमा आई ३ हप्ता अगाड़ी मात्र पढ़ाईको क्रममा टेक्ससमा सरेको जनाएका छन् ।

स्व पराजुली उनी साथीभाईको साथमा टनर फल्स पार्क, ओक्लोहोमामा पौडी खेल्ने क्रममा पानीमा डुव्न लागेको साथीलाई बचाउने प्रयास गर्दा आफ्नो ज्यान गुमाएको जनाएका छन् । अन्तिम संस्कार लगायतका कार्यहरु सम्पन्न गराउनका लागी आर्थिक सहयोगको आवश्यक भएकोले मामा कमल पोखरेलले सबैलाई सहयोग गर्न आह्वान गरेका छन् ।