March 26, 2025, Wednesday
२०८१ चैत्र १२

अमेरिकाको नर्थ क्यारोलिनामा “दीपावली”लाई पर्वको मान्यता

२०८१ कार्तिक २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.1K

 

अमेरिकाको नर्थ क्यारोलिनामा नेपाली पर्व दीपावलीलाई नेपाली सुमदायको मुख्य पर्वको रुपमा मान्यता दिएको छ । नर्थ क्यारोलिनाको गीलफल्र्ड काउण्टि डेमोक्रयाट पार्टीका उपाध्यक्ष विनय अर्यालका अनुसार आज मात्रै गीलफल्र्ड काउण्टिले एक घोषणा पत्र पारित गर्दै नेपाली सुमदायको पर्वलाई मान्यता दिएको जनाइएको छ ।

गीलफल्र्ड काउन्टीे अफ कमिसनर ब्रान्डन ग्रेले बोर्ड बैठकबाट यो प्रस्ताव पास भएको जानकारी दिएका हुन । घोषणापत्रमा दिवापलीलाई अक्टोबर २८ बाट नोभेम्बर २ सम्म मनाउने जनाएको छ । सो कार्यक्रममा नेपलिज् स्टुडेन्ट एसोसियसन यूएनसिका अध्यक्ष वीनित अर्यालले नेपाली समुदायका तर्फबाट गीलफल्र्ड काउन्टिलाई धन्यवाद दिएका थिए । यसरी घोषणा पत्र सार्वजनिक भएपछि स्थानीय तहमा पर्व मनाउने र मनाउनका लागि केहि स्थलहरु उपलब्ध गराउने गर्दछ ।