February 8, 2025, Saturday
२०८१ माघ २६

अमेरिकामा कार्यरत नेपाली नर्सको संस्था नानामा नयाँ नेतृत्व

२०८१ पुष २९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

440

अमेरिकामा कार्यरत नर्सहरुको संस्था नेपाली अमेरिकी नर्स संघ (नाना)को नयाँ कार्यकारी समितिको गठन भएको छ । अध्यक्षमा आङ्ग याङ्कि शेर्पा निर्वाचित भएकी छिन भने पदाधिकारीहरुमा क्रमस सबिना श्रेष्ठ , उपाध्यक्ष, मनिन्द्र कुमार बज्राचार्य सचिव, निर्मला अर्याल , सहायक सचिव, अनुपा थापा ,कोषाध्यक्ष ,श्यामा शाह ,सहायक कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरि कार्यकारी समिति सदस्यहरुमा कमला जिसी , रीता श्रेष्ठ, शोभा पाठक पाण्डे, उनिता खाम, समिक्षा थापा , बिमला रावल तथा कविता दाहाल निर्वाचित भएका छन् । शनिबार न्यूयोर्कमा आयोजित १२ औ नाना बार्षिक सम्मेलनबाट नयाँ कार्यकारी समितिको गठन भएको हो । १२ औ नाना बार्षिक गोष्ठी कार्यक्रममा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो ।
यस संस्थाको मुख्य उद्देश्य नेपाल र अमेरिकाबाट स्नातक गरेका स्वास्थ्य परिचारिका (नर्स)हरूलाई विभिन्न राज्यहरूमा प्रमाणपत्र मूल्याङ्कन सेवा, अनुमति पत्र लाइसेन्स प्राप्त गर्न र जागिर खोज्न मद्दत गर्नु रहेको बताइएको छ । नानाले विभिन्न स्वास्थ्य सम्बन्धी जागिर कार्यक्रमहरूमार्फत संयुक्त राज्य अमेरिकामा रहेका नेपाली समुदायहरूको सेवा पनि गर्नेछ। साथै नानाले नेपालका स्वास्थ्य परिचारिका नर्सहरूलाई मात्र नभई विभिन्न शैक्षिक परियोजनाहरू र स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू मार्फत नेपालका मानिसहरूलाई पनि मद्दत गर्न प्राथमिकता दिदै आएको छ ।