March 26, 2025, Wednesday
२०८१ चैत्र १२

अमेरिकामा दिपावलीलाई पर्वको मान्यता

२०८१ कार्तिक ७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

655

अमेरिकाको पेन्सिलभेनिया राज्यले हिन्दु धर्मालम्बीको दिपावली अर्थात् दिवालीलाई राज्यस्तरीय चाडका रुपमा घोषणा गर्दै मान्यता दिएको छ । गभर्नर जश शापिरोले एक विधेयकमा हस्ताक्षर गरेपछि दीपावली अब राज्यस्तरीय चाडको रुप्मा मान्यता पाएको हो । दीपावलीको अबसरमा हुने गतिविधिलाई राज्यका विभिन्न स्थानहरुमा गतिविधि गर्न र पर्वको प्रकृति अनुसार गभर्नरको कार्यालयले चाडको सांस्कृतिक महत्त्वलाई स्वीकार गरेको हो । यो नेपाली हिन्दुहरुका लागि निकै ठुलो उपलब्धि नै मान्नु पर्दछ ।

अक्टोबर ९ मा यो विधेयक पेन्सिलभेनियाको राज्यसंसदबाट पारित भएको बताइएको छ । जसमा गर्भनरले पहिलो पटक दिपावली अर्थात् दिवाली अब पेन्सिलभेनिया राज्यमा मान्यता प्राप्त चाड भएको उल्लेख गर्दै हिन्दु, जैन र शिख धर्मालम्बीहरुलाई राम्रोसँग दिपावली मनाउन शुभकामना समेत दिए । अर्को साता पेन्सिलभेनियामा रहेका सबैले बत्तिहरुको पर्व दिपावली मनाउने उनले आशा व्यक्त गरेका छन् ।

सो राज्यमा रहेका नेपालीभाषीहरुले दिपावलीलाई राज्यस्तरीय चाडको मान्यता दिइएकोमा खुशी व्यक्त गरेका छन् । भुटनीज कम्युनिटी इन ह्यारिसवर्षका अध्यक्ष तिलक निरौलाले हिन्दुहरुको महान चाडलाई पेन्सिलभेनिया राज्यले आधिकारिक मान्यता दिनु भएको ऐतिहासिक भएको बताएका छन् ।