January 19, 2025, Sunday
२०८१ माघ ६

अमेरिकामा नेपाली विधार्थीले भिषा पाउने दर दोब्बर

२०८१ असार १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.1K

 

नेपाली विधार्थीको आकर्षक अध्ययनको गन्तव्य मानिएको बेलायत, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्डलगायत देशहरुले अन्तर्राष्ट्रिय विधार्थी लैजान कडाई गरिरहदा अमेरिकामा भने नेपाली विधार्थीहरुलाई भिषा दिने क्रममा रेकर्ड तोडिने गरी जारी भएको छ । विगत बर्षहरुमा भन्दा यो बर्ष अर्थात २०२४ मा अमेरिका आउने विधार्थीको भिषा दिने क्रम बढी रहेको तथ्यांकहरुले देखाउँछ । मे महिनामा मात्रै अमेरिकाको विद्यार्थी भिसा पाउने नेपालीहरुको संख्यामा १५ सय भन्दा बढी रहेको छ । त्यो विगत बर्षहरुको तुलनामा निकै बढी हो ।

गत बर्ष मात्रै अमेरिकामा विश्वभरीबाट १० लाख ५७ हजार भन्दा बढी विधार्थीहरुले भिषा पाएका थिए । जसमध्ये १५ हजार ९० जना नेपाली रहेका छन । सन् २०२२ मा ८ हजार नेपालीले अमेरिकामा अध्ययन भिषा पाएका थिए । यो सख्या अघिल्लो बर्षको तुलनामा झण्डै दोब्बर हो । सन् २०२३ मा अमेरिकामा नेपाली विधार्थीहरुले भिषा पाउने प्रतिशत २३ दशमलव ९ प्रतिशतले बढी हो । अन्य गन्तव्य मुलुकहरुमा एकातिर काम नपाउने, अपार्टमेन्ट नपाउने र कलेजहरुले विभिन्न बहानामा झण्झट हुने गरेका छन । अष्ट्रेलियामा कलेज सन्चालकहरुले यसैगरी विधार्थीलाई कम गर्ने हो भने अर्थतन्त्रमा नै असर पर्ने चेतावनी नै दिएका छन ।

 

अमेरिकामा भिषा पाउन कठिन हुन्छ भन्दै कम मात्र विधार्थीहरुले अप्लाई गर्ने गरेको विभिन्न रर्कडहरुले देखाउँछ । पछिल्लो समय नेपाल स्थित अमेरिकी दुताबासले नेपाली विधार्थीहरुलाई फोकस गरेर राजधानी बाहरि पनि अमेरिकामा कलेज र अध्ययनको अवस्थाका बारेमा गोष्टि सेमिनारहरु गर्न थाले पनि नेपाली विधार्थीहरुको सख्या बढ्दै गएको हो ।