February 8, 2025, Saturday
२०८१ माघ २६

अमेरिकामा माछा मार्न गएका नेपालीभाषी गोपाल प्रधानको डुबेर निधन

२०८१ असार १२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1K

 

ओहायोको कोलेरिन टाउनसिपमा ग्रेट मायामी नदीमा माछा मार्न गएका नेपाली भाषी ५० बर्षीय गोपाल प्रधानको निधन भएको समाचार छ । आइतबार पानीमा डुबेको प्रधानको शव उद्धार टोलीले पानीबाट बाहिर निकाल्न सफल भएको थियो । उनी एकजना साथीसँग नदीको किनारमा माछा मार्दै थिए । माछा मार्ने क्रममा उनको नदीमा डुबेर निधन भएको हो ।

सोमबार ह्यामिल्टन काउन्टी कोरोनरको कार्यालयले उनको नाम गोपाल प्रधान रहेको जनाएको छ । उनी भुटानी शरणार्थीका रुपमा नेपालबाट अमेरिका आएका थिए । उनी सिनसिनाटीमा आमा पत्नी, एक छोरी र तीन छोराका साथ बस्दै आएको स्थानीय नेपालीले खबरमालालाई बताए ।