अमेरिकामा विभिन्न राज्यमा छरिएर कार्यरत मेडिकल डाक्टर तथा स्वास्थ्य क्षेत्रमा कार्यरत प्रोफसनलहरु नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा जम्मा भएका छन । शनिबार र आईतबार दुई दिने कार्यशालामा सहभागी हुन अमेरिका भरीबाट करिब एक सय जना स्वास्थ्य क्षेत्रमा कार्यरत प्रोफसनलहरु सहभागी हुने आयोजक संस्था हेल्थ फाउण्डेसन नेपालका अध्यक्ष डा श्रीधर पौडेलले खबरमालालाई जानकारी दिए ।
हेल्थ फाउण्डेसन नेपालको १२ औ बार्षिक कन्फ्रेन्स शनिबार र आईतबार दुई दिने कार्यशाला गोष्ठी, फण्ड रेजिड, विशेषज्ञ छलफल, सांस्कृतिक कार्यक्रमहरु रहेका छन । अमेरिका र नेपालमा दर्ता भएर नेपालमा रहेका बा आमाको हसिलो मुहार बनाउने अभियानका लागि बृहत छलफल तथा फण्ड रेजिंग गरिने छ । स्माईल बा आमा कार्यक्रमको आयोजना गर्दै संस्थाले नेपालको चितवन र दांड जिल्लामा कार्यक्रम गर्दै आएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा पहिलो दिन उद्घाटन सत्र, घरेलु हिंसा, मानसिक रोगका बारेमा प्रस्तुति तथा छलफलहरु र दोश्रो दिन योगा, वाकथन र बिजनेस सत्रहरु सन्चालन हुनेछ । कार्यक्रम अबधिमा अमेरिकाको विश्व प्रसिद्ध विश्वविधालयका अमेरिकी प्राध्यपक तथा डाक्टहरुद्धारा कार्यपत्र प्रस्तुति एवं छलफल कार्यक्रम पनि रहने छ ।
नेपालबाट अमेरिका आएका स्वास्थ्य क्षेत्रमा कार्यरत प्रोफसनलहरुको प्रयासमा स्थापित संस्था सन् २०१२ दर्ता गरी नेपालको ग्रामिण क्षेत्र जहाँ स्वास्थ्यको पहँुच बाहिर रहेका आम मानिसहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । स्माईल बा, स्माईल आमा कार्यक्रम सन्चालन गरेर नेपालमा आफ्ना सन्तानको आभावमा एक्लो महसुश गरेका बा आमाहरुलाई एक्लोपनबाट जोगाउन र एक्लो हुँदा देखिने अनेक स्वास्थ्य समस्याहरुको पहिचान गर्दै स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको डा पौडेलले बताउनु भयो ।