January 15, 2025, Wednesday
२०८१ माघ ३

अमेरिकामा हिउँमा चिप्लिएर दुई नेपालीको मृत्यू

२०८१ पुष २६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

625

अमेरिकाको भर्जिनिया राज्यमा कार पोखरीमा खस्दा चिसोको कारण दुई जना नेपालीको निधन भएको छ । स्थानीय प्रहरीका अनुसार, भर्जिनियाको च्यान्टिल्लीमा बिहीबार बिहान एक होटलको बाहिर पोखरीमा डुबेको कारमा दुई पुरुषको मृत्यु भएको थियो । तापक्रम माईनस १० भएको र पोखरी जमेको कारण कार पोखरीमा खस्दा पनि कारमा रहेका मानिसहरु बाहिर निस्कन सकेनन । कार हिउँ परेको कारण चिप्लीएर पोखरीमा खसेको बताइएको छ ।
पोखरीमा गाडी डुबी मृतकहरुको दुवैको नाम सार्वजनिक भएको छ । एनबिसीवाशिंगटनका अनुसार मृतकहरु क्रमस ५५ बर्षिय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट भएको पुष्टी भएको छ । जनवरी ९ बिहीबार बिहान होटल बाहिरको पोखरीमा कार डुबेको अवस्थामा फेला परेपछि दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

समाचारका अनुसार जनवरी ९ बिहान ७ बजेतिर सेन्टरभ्यू ड्राइभमा रहेको विङ्गेट बाई विन्डह्याम होटल नजिकै रहेको बाटोमा बरफमा चिप्लिएर चिसो गाडी पोखरीमा पुगेको फेयरफ्याक्स काउन्टी प्रहरीले जनाएको छ।

कार आंशिक रूपमा हिउ जमेको पानीमा डुब्दा चालक ५५ वर्षीय कर्ण खड्का र यात्रु २० वर्षीय निश्चल भट्ट भित्र फसेका थिए। पोखरीमा पनि हिउँ जमेको कारण उनिहरु बाहिर निस्कन सकेनन ।
प्रहरीका अनुसार उद्धार टोली कारमा पुगेपछि पानीमा १० फिट गहिरो थियो । दुवै जनाको मृत्यु भइसकेको थियो र प्रहरीले उनीहरू डुबेको बताएको छ।

समाचार अनुसार खड्का त्यहि होटलमा काम गर्ने र २० वर्षीय भट्टले जागिरको लागि आवेदन दिने योजना बनाएकाले उनीहरु सँगै त्यहाँ पुगेको बताइएको छ ।
उद्धारकर्मी र अनुसन्धानकर्ताहरूले २० डिग्री फरेनहाइटको आसपासको चिसो तापक्रम र १० डिग्रीको आसपासको हावाहुरीको सामना गर्दै घटनास्थलमा काम गरे। पछिल्लो दिनमा अमेरिकामा हिमपातका कारण जनजिवन अस्तव्यस्त बनेको छ भने हजारौ विमानहरुको सेवा अवरुद्ध भएका छन । बहुसख्यक राज्यहरुमा तापक्रम माईनस पुगेका छन ।