January 19, 2025, Sunday
२०८१ माघ ६

अमेरिका जाने डिभी लटरी २०२६ खुल्यो

२०८१ आश्विन १६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

665

 

अमेरिका जाने सपना भएकाहरुका लागि सजिलो र भरपर्दो अमेरिकी डिभी लटरी आज अक्टोबर २ बुधबारबाट खुल्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले डिभी लोटरी २०२६ का मार्गनिर्देशनहरू सहितको सुचना प्रकाशित गरेको छ। यो सूचनामा कार्यक्रमबारे जानकारी, भर्ने अवधि, योग्यताका मापदण्ड, छनौट प्रक्रिया, डिजिटल फोटो बुझाउने विधिबारे उल्लेख गरिनुका साथै बारम्बार सोधिने प्रश्नहरूको जवाफ समेत समावेश गरिएको छ । डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ
डिभी २०२६ का विजेताहरुले सन् २०२६ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् सन् २०२५ को मे ३ मा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । साथै यसपटक पनि डिभी लोटरीमा सहभागी हुनका लागि पासपोर्ट अनिवार्य छैन । डिभी लोटरी भर्ने मिति अक्टोबर २ बुधबारदेखि नोभेम्बर ५ मंगलबारसम्म रहनेछ ।