May 15, 2025, Thursday
२०८२ जेष्ठ २

अमेरिका हिडेका यूवाको घानामा निधन

२०८१ फाल्गुन २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

400

 

अवैध बाटोबाट अमेरिका जान हिडेका दाङका एक युवाको अफ्रिकी मुलुक घानामा मृत्यु भएको छ। अमेरिका जाने क्रममा केही समयदेखि घानामै रहेका दाङका पूर्णबहादुर डाँगीको बुधबार मृत्यु भएको एनआरएनका पुर्व कोसाध्यक्ष हिम्मत थापाले बताएका छन । घर्तीको शव पोष्टमर्टम र अन्य प्रक्रियाका लागि आकरास्थित अस्पतालमा राखिएको छ।

हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष विकास सुवेदीले बताएका छन । मैले इजिप्टमा रहेको दूतावासमा खबर गरिसकेको छु। उनलाई अमेरिका लैजान खोज्ने एजेन्टसँग पनि कुरा भएको छ। एजेन्टका अनुसार घर्तीलाई कुनै किसिमको स्वास्थ्य समस्या थिएन सुवेदीले भने, एजेन्टसँग भेटेर थप कुराकानी हुने बताइएको छ । मृतकको शव कसरी पठाउने भनेर हामीले छलफल गरिरहेका छौं।

अमेरिका जाने प्रलोभनमा परी आएकाहरूमध्ये ६० प्रतिशतभन्दा धेरै व्यक्ति अफ्रिकाबाटै फर्किने एनआरएका पूर्वकोषाध्यक्ष हिक्मत थापाले बताए।
विगतमा पनि अफ्रिकाको नाईजेरियामा जेलमा परेका र्थिए । नेपाली समाजका अगुवाहरुले पटक पटक रेस्कयू गर्न थालेपछि दलालहरुले गाउँ क्षेत्रमा लगेर लुकाउन थालेको बताईन्छ ।
ुसुरूमा दलालले एनआरएनएका अभियन्तालाई नभेट्नु भनेर सिकाएका हुन्छन्। जब उनीहरू अप्ठ्यारोमा पर्छन्। त्यसपछि मात्र हाम्रो सम्पर्कमा आउँछन्,ु नाइजेरियामा कार्यरत थापाले भने, गत वर्ष पनि घानामा एक युवाको मृत्यु भएको थियो। अवैध तरिकाले आएकाले शव पठाउने प्रक्रियामा पनि उत्तिकै अप्ठ्यारो हुन्छ।

अमेरिका पठाउने दलालको चेन खोजी गर्न नेपाल सरकारले चासो नदिएका कारण दलालबाट ठगिनेहरूको संख्या बढ्दै गएको उनले बताए। अफ्रिका आउँदासम्म कम्तीमा ४० लाखको हाराहारीमा पैसा खर्च भइसकेको हुने थापाले बताए।