राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शुरु गरेको नयाँ भिषा नीतिमा विविध परिवर्तनहरुको असर देखा पर्न थालेका छन । बाईडन प्रशासनले लिएको नीतिमा व्यापक परिवर्तन र कडाई पनि गरिएका छन । जस अन्र्तगत यस अघि भएका मुख्यगरी भिषा नविकरण, एच टु भिषामा पनि यस अघि दिइएको सुविधा कटाएर नयाँ व्यवस्था गरिएको छ । यसको साथै ट्रम्प प्रशासनले मात्र नभएर रिपव्लिकन सरकार आउँदा स्वभावत परिवर्तन गर्ने नियमबाहेक विश्वभरका कन्सुलर सेवामा आप्रवासनप्रति अनुदार कर्मचारी खटाउने पुरानै प्रचलन हो । यसो हुँदा भिषा कडाईमा फेब्रुअरी ८ बाट शुरु भएको भिषा कडाईको संकेत स्वरुप त्यस अघि दिनमा भिषा जारी हुने संख्यामा ४० प्रतिशतले गिरावट आएको बताइएको छ ।
यसबाट विधार्थी वा अन्य कुनै महत्वपुर्ण कामका लागि अमेरिका आउन चाहनेहरुका लागि यो निकै दुखद हो । यसअघि नै अन्तवार्ता भएकाहरुको पासपोर्ट कलेक्सन गर्न मात्रै खुल्ला थियो बाँकी सबै बन्द भएको थियो । बिस्तृतमा दुतावासले कडाईको कुनै कारण नखुलाईकन पनि आन्तरिक रुपमा कडाई हुने गरेको बताईन्छ । दुतावास र विदेश मन्त्रालयको सुचना र अमेरिकी राष्ट्रपतिका पछिल्ला गतिविधि वा भनाईले स्पष्ट बुझ्न सकिन्छ कि अबको अमेरिकी भिषा पाउने सख्यामा आधा घट्न सक्नेछ ।
अमेरिकाको भिजिटर लगायत कुनै पनि गैर आप्रवासी श्रेणीको भिसा सकिएको ४८ महिनाभित्र विना अन्तरवार्ता सोही श्रेणीको भिसा नविकरण गर्ने सुविधा ट्रम्प प्रशासनले खारेज गर्दै १२ महिनामा झारेको छ । बाइडेन प्रशासनले लागु गरेको यो नियम अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबारदेखि यो सुविधा खारेज गरेको हो । अब यो सुविधा खारेज गरेर भिसा सकिएको १२ महिना ननाघेकाहरुलाईमात्र सोही श्रेणीको गैर आप्रवासी भिसा दूतावासमा अन्तरवार्ता दिन नगई ड्रपबक्स सुविधाबाट प्रदान गर्न सकिनेछ व्यवस्था गरिएको हो