अष्ट्रेलियाको सिड्नीबाट पश्चिमी क्षेत्रमा पर्ने स्थानबाट २४ वर्षीय नेपाली युवा बेपत्ता भएको छ । सन्तोष मैनाली नामका यी युवकलाई २१ डिसेम्बर २०२४ शनिबार लगभग साँझ ५ बजे ह्यारीस पार्कको विग्राम स्ट्रिटस्थित एक रेष्टुरेन्टमा अन्तिम पटक देखिएको भन्दै खोजी भईरहेको जनाएको छ ।
त्यसपछि उनीसँग कुनै सम्पर्क नभएको र २३ डिसेम्बर २०२४ सोमबार राति लगभग ११ बजे कंबरल्याण्ड पुलिस एरिया कमाण्डमा हराएको रिपोर्ट दर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले उनलाई फेला पार्ने प्रयास जारी राखेको जनाएको छ। सन्तोष मैनालीको बारेमा खोजवीनका लागि नेपाली समुदाय पनि लागी परेका छन ।