January 15, 2025, Wednesday
२०८१ माघ ३

अस्ट्रेलियाको सांसदमा उम्मेदवारी दिदै विनोद पौडेल

२०८१ मंसिर २७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

560

 

नेपाली मूलका विनोद पौडेलले अस्ट्रेलियाको सांसदको उम्मेदवारी दिने भएका छन्। विपक्षी दल लिबरल पार्टीमा लामो समय सक्रिय रहेका पौडेललेआगामी सन् २०२५ को निर्वाचनको लागि प्रमुख विपक्षी दल लिबरल पार्टीबाट न्यू साउथ वेल्स राज्यको मकार्थर क्षेत्रबाट उम्मेदवार बन्ने लगभग निश्चित भएको हो । यदि उनले उम्मेदवार बनेर जितेका संघीय संसदमा पुग्ने पहिलो नेपाली मुलका व्यक्ति हुनेछन । उनी यस अघि पनि चुनावमा पराजित भएका थिए । उनले यसअघिको निर्वाचनमा पराजित भए पनि अहिले चुनाव जित्नेमा आशावादी भएको बताएका छन ।

चितवन मूल घर भएका पौडेल १८ वर्षअगाडि अस्ट्रेलिया गएर होटल व्यवस्थापन को अध्ययन गरेका पौडेल आफ्नै व्यवसायमा सक्रिय छन् । नेपाली जहाँ रहे पनि आफ्नो कला र संस्कृतिलाई अगाडि बढाउने भन्दै उनले भोलिको पुस्तालाई अभिभावकविहीन हुन नदिनलाई समेत आफू राजनीतिमा सक्रिय रहेको बताएका छन। ्आगमी निर्वाचन सन् २०२५ मा हुने भए पनि निर्वाचनको दिन तय भइसकेको छैन। तर पनि उनले आफ्नो चुनावी तयारी शुरु गरी सकेको बताए । पछिल्लो समय प्रवासमा नेपालीहरु राजनीतिमा सक्रिय रहँदै उम्मेदवारी दिएर नेपालीको पहिचान देखाउन सफल हुँदै गएका छन । खासगरी अष्ट्रेलिया, अमेरिका, यूरोपका देशहरुमा पहिलो पुरस्ताका नेपाली राजनीतिमा सक्रिय हुन थालेका छन ।