Newyork Time 04:41 pm
July 26, 2024, Friday
२०८१ श्रावण १२

एनआरएनएद्धारा ५१ जना मानार्थ सदस्य मनोनयन

२०८० चैत्र १९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

640

गैरआवासीय नेपाली संघले बिभिन्न देशबाट ५१ जना मानार्थ सदस्यहरुको मनोनयन गरेको छ । संघका अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा आइतवार बसेको ९६ औं केन्द्रीय समितिको बैठकले संघका पूर्व सदस्यहरु तथा पदाधिकारीहरुलाई समेटेर मानार्थ परिषद गठन गरेको जनाएको छ । संघको विद्यानले ५१ जना सदस्य रहेको मानार्थ परिषद गठन हुने व्यवस्था गरेको छ ।

सो परिषदमा बेलायतबाट पुनम गुरुङ, अर्कराज तिमल्सिना र सुरज मास्के, अमेरिकाबाट होम गौतम, विष्णुमान प्रधान, महेश खड्का, विष्णु रानामगर, डा हरी दाहाल र क्यनडाबाट तुलसी सापकोटा लगायत रहेका छन । मनोनयनमा ओसियानाबाट ९ जना, मिडिल इष्टबाट ८ जना, यूरोपबाट २० जना, अमेरिकाबाट ५ जना, एसियाबाट ५ जना, र क्यनाडाबाट १ जना परेका छन ।