April 23, 2025, Wednesday
२०८२ बैशाख ११

अन्तर्राष्ट्रिय धादिड समाज भारतको दोश्रो अधिवेशन सम्पन्न

२०८१ आश्विन ७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

885

 

केशव बाँस्कोटा, नयाँ दिल्ली

नेपालबाट भारतमा आई बसोवास गर्ने धादिड जिल्लाका नेपालीहरुको संस्था अन्तराष्ट्रिय धादिड समाज भारतको दोश्रो अधिवेसन सम्पन्न भएको छ । संस्थाका निवर्तमान अध्यक्ष वल बहादुर सिटौलाको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनका प्रमुख अतिथि अन्तर्राष्ट्रीय धादिंग समाजका निवर्तमान उपाध्यक्ष तथा सल्लाकार अर्जुन धरेलको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।

अध्यक्ष राहुलराज अधिकारीको अध्यक्षतामा गठित समितिमा आठ जनापछि मनोनीत गर्ने गरि २३ जनाको कार्य समिति चयन गरिएको छ। जसमा वरिष्ठउपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, उपकोषाध्यक्ष र सदस्यहरू क्रमश राहूलराज अधिकारी, हरि गिरि, राजेन्द्र श्रेष्ठ, लक्ष्मी पुरी, प्रेम चारपाई, रामकुमारी कुमाल, सन्तोसी पाठक, कविता छत्कूली, केशव परियार, विष्णु वयलकोटी, विसाल वस्याल, राजु पूरी, पुरुषोत्तम रहेका छन्। साथै, अर्जुन धरेलको संयोजकमा ७ सदस्य सल्लाहकार समिति पनि गठन गरिएको छ । यो अन्तर्राष्ट्रिय धादिड समाज भारतसहित विश्वका ५० भन्दा बढी देशहरुमा गठन भई कार्यरत रहेको छ ।