May 15, 2025, Thursday
२०८२ जेष्ठ २

ओमान एनआरएनएको अध्यक्षमा सुरेश खड्का निर्वाचित

२०८१ फाल्गुन २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

315

गैरआवासीय नेपाली सोसल क्लब (एनआरएनए)को अध्यक्षमा सुरेश खड्का निर्वाचित भएका छन् ।

ओमानको राजधानी मस्कटमा सम्पन्न आठौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । नेपाली समुदायको परोपकारी कार्यको लागि ओमानले गैरआवासीय नेपाली सोसल क्लबलाई मान्यता दिएको छ । ओमानमा कार्यरत हरेक देशको समुदायको लागि एउटा क्लबलाई मात्रै मान्यता दिन्छ ।

क्लबको उपाध्यक्षहरुमा रविन शिल्पकार, लक्ष्मी कोइराला, गोपाल कुवँर र सुवास काफ्ले निर्वाचित भएका छन् । महासचिव विनोद श्रेष्ठ, सचिव क्रमशः काशिराम सुनार, केशव थापा, डा. कमल अर्याल र विनोद दास रहेका छन् ।कोषाध्यक्ष गितादेवी धिताल, सह–कोषाध्यक्ष महेन्द्र तिवारी, प्रवक्ता राजेश महर्जन, महिला संयोजक मिरा नेपाली, युवा संयोजक सुरज चित्रकार रहेका छन् । सदस्यहरु डा. अनिलकुमार रजक, सुवास पाठक, डा. सहदेव विडारी, डा. सङ्दु शेर्पा, श्याम भट्टराई, प्रियांक काफ्ले खतिवडा, देवान खड्का, लक्ष्मण श्रेष्ठ, वासुदेव गुरुङ, आशिष घर्ती मगर, सुशिलकुमार शाह, धनबहादुर शिवा र नन्दलाल खनाल रहेका छन् ।