January 15, 2025, Wednesday
२०८१ माघ ३

क्याथे प्यासिफिकको खानामा फुड पोईजन, खाना खाने सबै यात्रु बिरामी

२०८१ पुष २७
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

215

 

कोरोना महामारीपछि नेपालबाट नियमित उडान भर्दै आएको हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानका यात्रु बिरामी भएपछि अनुसन्धान सुरू गरिएको छ ।
बिरामी भएका सबै जसो यात्रुमा धेरैमा फुड पोइजनको समस्या देखिएपछि हङकङस्थित स्वास्थ्य अधिकारीहरूले उक्त विमानमा उपलब्ध गराइएको खानाको अनुसन्धान थालेका हुन् । मुख्य कुरा खाना कुन होटलबाट लिइएको हो भन्ने खोजवीन भइरहेको छ । काठमाडौंबाट ढडान भर्दा प्राय जसो काठमाडौंकै ५ तारे होटलबाट खाना लिएर उड्ने गरेको थियो । समाचार श्रोतका अनुसार त्या खाना कुा होटलबाट लिइएको हो खुल्न बाँकी छ ।

सेन्टर फर हेल्थ प्रोटेक्सनले शुक्रबार काठमाडौंबाट हङकङ पुगेका ३६ जना यात्रुमा फुड पोइजनिङको समस्या देखिएको बताएको छ । त्यसको विष्तृत अनुसन्धान थालिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । एयरलाइन्सले पनि शुक्रबार साँझ माफी माग्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको छ । ‘यदि एयरलाइनको उडानको खानामा अखाद्य पदार्थ पत्ता लाग्यो भने हामी सत्य र पारदर्शी रूपमा रिपोर्ट गर्नेछौं र सबै आवश्यक सुधारात्मक कार्यहरू गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ।