देशमा अवैध आप्रवासनलाई कम गर्ने प्रयासहरूबीच, क्यानडाले आफ्ना आप्रवासन र भिसा नीति कडा बनाएको छ । जसले हजारौं भारतीयहरू, विशेष गरी विदेशमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई असर सबै भन्दा बढी हानी पुर्याएको बताईन्छ । क्यानडाको नयाँ आप्रवासन र शरणार्थी सुरक्षा नियमहरू ३१ जनवरीदेखि लागू भएकोसँगै, धेरै विद्यार्थीहरूले अचानक अनुमति रद्द, भिसा आवेदनमा कडाई जाँच र प्रस्थान नियमहरूको कडाइ बढेको रिपोर्ट गरेका सार्वजनिक भएका छन । क्यानाडा आप्रवासन, शरणार्थी र नागरिकता विभागले यस वर्ष थप ७,००० अनुमति रद्द हुने प्रक्षेपण गरेको छ, जसले क्यानडामा अध्ययन गर्ने ४ लाख २७ हजार भारतीय विद्यार्थीहरूलाई असर गर्ने सम्भावना छ ।
क्यानडाको कडा नीति भारतीय विद्यार्थीहरूलाई दिइने अध्ययन अनुमति संख्या पनि घटाउँदैछ । “२०२३ को चौथो तिमाहीदेखि भारतीय विद्यार्थीहरूलाई दिइने अध्ययन अनुमतिमा ४० प्रतिशतको गिरावट आएको बताइएको छ ।
यसका अतिरिक्त, २०२५ का आवेदकहरूलाई नयाँ ४ लाख २०,६३५ (ग्यारेन्टीड इन्भेस्टमेन्ट सर्टिफिकेट) अनिवार्य गर्ने नयाँ नियम लागू भएको छ – जुन मध्यवर्गीय भारतीय परिवारहरूको लागि एक विशाल वित्तीय चुनौती हो । जसका कारण अब क्यानडा जान निकै महंगो हुने निश्चित छ ।