Newyork Time 08:15 am
October 15, 2024, Tuesday
२०८१ आश्विन २९

क्यानडा पठाउने भन्दै १ करोड ६५ लाख ठगी गर्ने पक्राउ

२०८१ भाद्र २६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

220

वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै १ करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको माडी गाउँपालिका–१ जवाड घर भएका २९ वर्षीय रणबहादुर घर्ती छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको हो ।

उनले शिवराम थापा समेत ८ जनाबाट १ करोड ६५ लाख रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।क्यानडा जान ३५ लाख लाग्ने र मासिक ४ लाख रुपैयाँ कमाइ हुने आश्वासन देखाउँदै रकम असुलेर ठगी गरेको आरोप उनीमाथि छ । पक्राउ परेका घर्तीलाई कारबाहीका लागि बैदेशिक रोजगार विभाग ताहचलमा पठाइएको छ ।