March 26, 2025, Wednesday
२०८१ चैत्र १३

नेपाली अनलाईन खसोखासलाई एक लाख डलरको “प्रेस फरवार्ड “पुरस्कार

२०८१ कार्तिक १
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1K

 

 

अमेरिकाको न्युयोर्कबाट संचालित खसोखासले एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्राप्त गरेको छ । स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि १ लाख डलर राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो पे्रश फरवार्डले जनाएको छ । नेपाली डायस्पोरामा रहेर लामो समयदेखि नेपाली समुदाय लक्षित पत्रकारिता गर्दै समुदायलाई योगदान दिएको भन्दै प्राप्त पुरस्कारले अविश्वसनीय रूपमा गर्वको अनुभव गरिहको खसोखासका प्रधान सम्पादक तथा प्रकाशक किशोर पन्थीले बताए । यो निशर्त प्रदान गरिएको १ लाख डलर हाम्रो लागि आर्थिक सहयोग मात्र होइन, यो हामीले विगत १३ वर्षहरूमा महत्त्वपूर्ण कभरेज अन्तरलाई सम्बोधन गर्नका लागि गरेको समर्पण र प्रयासको प्रमाण हो,’ । यो सहयोगले खसोखासलाई अमेरिकामा रहेको नेपाली समुदायलाई अत्यावश्यक समाचार र श्रोतहरु प्रदान गर्ने मिशनलाई जारी राख्न सशक्त बनाउने उनले बताएका छन् ।

स्थानीय समाचारलाई पुनस् कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फर्वार्डबाट खसोखासले पहिलो चरणमा नै प्रतिष्ठित अनुदान पुरस्कार प्राप्त गरेको हो । प्रेस फर्वार्डले मूलधारका सञ्चारमाध्यमहरूमा परम्परागत रूपमा वञ्चित रहेका समुदायहरूमा समाचार कभरेजका खाडलहरू बन्द गर्ने लक्ष्य राखेको छ। खसोखासले खास गरी ईमिग्रेसनको विषयमा निकै खोजमुलक र नेपाली तथा प्रवासमा रहेकाहरुका लागि लाभदायक समाचारहरु प्रकासन गर्ने गर्दछ ।

प्रेस फर्वार्डले खसोखाससहित अमेरिकाको ५० वटा राज्यहरुका मिडियालाई २० मिलियन डलर बराबरको पुरस्कार तथा सम्मान प्रदान गरेको छ । पहिलो पटक अमेरिकामा नेपाली मिडिया पुरस्कृत भएकोमा बधाई तथा शुभकामना प्रकट गर्दैछौं । यो सम्मान नेपाली पत्रकारिताका लागि गर्वगर्न लायक सम्मान हो । यस सम्मानका लागि खसोखासका प्रमुख किशोर पन्थि तथा समुहका सबैलाई बधाई दिन चाहान्छौं ।