न्यूयोर्कको टाइम्स स्क्वायरबाट शुरु भएको युवा पुस्ताका चर्चित गायक सुशान्त केसीको अमेरिका टुर प्रस्तुति अपेक्षाकृत बढी नै सहभागीता देखिएको छ । जुलाई २० मा न्यूयोर्कबाट शुरु गरेर जुलाई २६ मिनिसोटा, जुलाई २८ डिएमभी, अगष्ट ३ हरिसवर्ग, ४ पिटर्सवर्ग, १० डालासमा सकिएपछि केसीले अगष्ट शनिवार १७ नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा प्रस्तुति दिनेछन । नर्थ क्यारोलिनाको नेपाली सुमदायमा सायदै यो पहिलो ठुलो नेपाली सांगितिक कार्यक्रम हुनेछ मुख्य आयोजक बाबु सुवेदीले खबरमालासंग बताए । सुबेदीका अनुसार सस्गितिक प्रस्तुतिका लागि नेपाली सुमदायमा व्यापक उत्साह देखिएको बताए । केसीको सो सांगितिक प्रस्तुति हेर्न रयाले, सार्लोट, हाईपोईन्ट, बर्लींटन, क्यारी र चापलहिलबाट र उता भर्जिनियादेखि नेपाली सहभागी हुने भएका छन ।
अहिलेसम्म नेपाली समुदायको कार्यक्रम नै नभएको १५ सय मानिस अट्ने क्षमता भएको पिडमन्ड हलमा सबै थरी तयारी सकिएको र नेपालीहरुमा देखिएको उत्साहबाट कार्यक्रम सोचेभन्दा बढी सफल हुनेमा सुबेदी ढुक्क छन । टाइम्स स्क्वायरको पलेडियम हलमा उनले प्रस्तुति दिएर नेपाली संगीतको प्रतिनिधित्व गर्दै यस किसिमको चर्चित स्टेजमा पहिलोपटक गायन प्रस्तुति दिएका केसीले इतिहास रचे । यो स्टेजमा हुने सांगीतिक प्रस्तुति गायक सुशान्तको अमेरिका टूरको सबैभन्दा महत्त्वपूर्ण क्षण भएको छ । यो प्रस्तुतिसँगै उनले २ महिनाको अमेरिकाको सांगीतिक भ्रमण यात्रामा ११ सहरमा गायन स्टेज शो सम्पन्न गर्नेछन ।
पप संगीतमा चर्चा कमाइसकेका सुशान्तले अमेरिकाको यो भम्रणमा आफ्ना थुप्रै फ्यानसँग साक्षात्कार गरेका छन । अमेरिकामा आयोजना हुँदै आएको नेपाली संगीत क्षेत्रका कार्यक्रमलाई टाइम्स स्क्वायरको यो प्रस्तुतिले झनै उचाइमा पु¥याएको उनले महसुश गरेका छन । ग्रीन्सबोरो पछि अगष्ट २३ अष्टिन, ३० सानफ्रान्सिस्को ३१ कोलोराडो र सेप्टेम्बर ७ कोलम्बसमा कार्यक्रम तय भएका छन । सुसान्त कसीको यति लामो कार्यक्रम अमेरिकामा पहिलो पटक हो । प्राय जसो उनि अष्ट्रेलियामा संगितिक टुरहरु गर्ने गर्दथे । उनको धेरै ठुलो यूवा जमात फ््यान र फलोर रहेका छन ।