जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको कुशल नेतृत्वमा नेपाली दूतावासले हालैका दिनहरूमा उल्लेखनीय प्रगतिहरू हासिल गरेको छ । जापानमा रहेका नेपाली समुदायबीच दूतावासको प्रभावकारी व्यवस्थापनको प्रशंसा बढ्दै गएको छ। दूतावासद्वारा आयोजित घुम्ती शिविरहरूले नेपाली समुदायलाई अत्यधिक राहत प्रदान गरेको छ। हालै नागोया शहरमा आयोजित शिविरमार्फत १४०० भन्दा बढी नेपालीले सेवा प्राप्त गरेका छन् ।
यो संख्यामा १२३० राहदानी नविकरण, १०२ अस्थायी अभिलेख, १५ जन्म दर्ता, र २ कागजात प्रमाणीकरण भएका छन् । नागोयाको शिविरले स्थानीय नेपाली समुदायको सेवा पाउने पहुँचलाई थप सहज बनाएको छ। सेवाग्राहीहरूका अनुसार, पहिले दूतावासमा कल नउठ्ने समस्याले समस्या थपेको भए पनि अहिले यसमा सुधार गरिएको छ।
दूतावासले सामाजिक सञ्जाल र अन्य माध्यमबाट आफ्ना सेवाहरूको जानकारी दिने तथा समाधान गर्ने अभ्यासले सेवाग्राहीहरूलाई घरमै बसेर सेवा पाउने अवसर प्रदान गरेको छ। यसले दूतावासप्रतिको विश्वासलाई अझ बलियो बनाएको छ।