अनुप खनाल
ट्रम्प प्रशासनद्वारा अगाडि बढाइएको अवैध आप्रवासीहरूको निर्वासन अभियान विभिन्न उद्योगहरूमा असर पारिरहेको छ । तर यसको सबैभन्दा बढी प्रभाव निर्माण क्षेत्रमा देखिएको छ । कारण स्पष्ट छ ! निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूको ठूलो हिस्सा आप्रवासीहरूको रहेको छ । त्यसैले गर्दा यो अभियानले श्रम आपुर्तिमा गम्भीर असन्तुलन उत्पन्न भएको छ । अमेरिकामा जम्मा जनसंख्याको २.९% जनसंख्या निर्माण क्षेत्रमा कार्यरत छन् र जसको ३०% आप्रवासी श्रमिकहरू हुन् । अवैध आप्रवासीहरूको निष्कासनले श्रमिक अभाव बढाएको छ र जसका कारण मजदुरी दरमा उच्च गतिमा वृद्धि भइरहेको छ । हिजोका दिनमा एउटा साधारण लेवर दिनको ज्याला १६० डलरमा पाईन्थ्यो भने आज त्यहि साधारण लेवर २२५ डलर पुगेको छ । यदि यही अवस्था जारी रह्यो भने निर्माण व्यवसाय झन् प्रभावित हुनेछ । ठुला परियोजनाहरू महँगो हुनेछन् र निर्माण व्यवसायीहरूका लागि आर्थिक कठिनाइ सिर्जना हुनसक्छ ।
निर्माण कार्य समयमै सम्पन्न गर्न दक्ष श्रमिकहरूको आवश्यकता पर्छ । तर ठुलो संख्यामा श्रमिकहरूको निष्कासनले निर्माण साइटहरूमा कामदारको अभाव देखिएको छ । उदाहरणका लागि हाल फ्लोरिडा र टेक्सस राज्यका ठुला परियोजनाहरूमा श्रमिक अभाव स्पष्ट रूपमा देखिन थालेको छ र यसको प्रभाव विस्तारै अन्य राज्यहरूमा पनि फैलिदैछ । यसका कारण धेरै परियोजनाहरूमा ढिलाइ हुन थालेको छ, जसको कारण निर्माण व्यवसायलाई थप जटिल बनाएको छ ।
विशेष गरी साना तथा मध्यम ठेकेदारहरूका लागि यो अवस्था निकै चुनौतीपुर्ण भएको छ । खास गरि यो अवस्थामा ठुला निर्माण कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो हुनुका साथै नयाँ श्रमिक भर्ती गर्न महँगो र झन्झटिलो प्रक्रिया हुने गरेको छ । साथै निर्माण परियोजनाहरूमा गर्न पनि कठिन हुँदै गएको छ । जब निर्माण परियोजनाहरूमा ढिलाइ हुन्छ, त्यसको असर आपूर्ति संख्यामा पर्न थाल्छ । जसले गर्दा निर्माण सामग्रीको माग वृद्धि हुन्छ र मूल्यवृद्धि हुने सम्भावना उच्च हुन्छ । साथै निर्माण अनुमतिहरू लिने प्रक्रियाहरू झन् झन्झटिलो भइरहेकाले व्यवसायीहरूलाई थप चुनौती थपिएको छ ।
अवैध आप्रवासीहरूको निर्वासन अभियानले निर्माण उद्योगमा गम्भीर प्रभाव पारिरहेको छ। कामदारको अभाव, मजदुरी दरमा वृद्धि, परियोजनाहरूमा ढिलाइ, ठेकेदारहरूलाई चुनौती, निर्माण सामग्रीको मूल्यवृद्धि र निर्माण अनुमति प्रक्रिया झन्झटिलो हुनु जस्ता समस्याहरूले निर्माण व्यवसायलाई दीर्घकालीन रूपमा प्रभावित पार्ने सम्भावना देखिएको हो ।
त्यसैले ट्रम्म प्रशासनले तुरुन्तै उचित नीति अवलम्बन गर्न आवश्यक छ । वैध आप्रवासी श्रमिकहरूको व्यवस्थापन, नयाँ श्रमिकहरूलाई तालिम दिने कार्यक्रमहरूलाई तीव्रता र निर्माण अनुमतिहरू लिने प्रक्रिया सरल बनाउनु अत्यावश्यक छ । यदि समयमै समाधान खोजिएन भने, अमेरिकी निर्माण उद्योगले गम्भीर संकट भोग्नु पर्नेछ ।
जनरल कन्ट्याक्ट्रर लेखक खनाल माउण्ट मकालु कन्स्ट्रक्सनका सन्चालक हुन । यो लेख उनको आफ्नो अनुभवमा आधारित छ ।