क्यानडामा एक नेपाली छात्रा सामूहिक बलात्कारमा परेकी छन्। डिसेम्बर २४ मा क्यानडाको ओन्टारियोमा ती छात्रामाथि सामूहिक बलात्कार भएको हो।
एनआरएनए क्यानडाका अनुसार ती युवतीलाई आफ्ना साथीले घरमा बोलाएर सामूहिक बलात्कार गरेका थिए। नेपाली युवाले घरमा बोलाएर लट्ठ्याउने औषधी खुवाएको र ७ घण्टापछि होसमा आउँदा बेडभरी रगतै रगत देखिएको बताइएको छ। बलात्कारमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये २ जनालाई जमानीमा छाडेको छ।
पीडित ती छात्राको एनआरएनए क्यानडाले उद्धार गरेर राखेको एनआरएनए क्यानडाकी महासचिव चन्दा अधिकारीले बताइन्। पिडित युवतिले एनआरएन क्यानडालाई दिएको जानकारी अनुसार तिहारमा टिका लगाएका भाई वा दाई पर्नेबाट घरमा बोलाएर सामुहित बलात्कार गरिएको जनाइएको छ । अघिल्लो तिहारमा टिका लगाएका दुई जना र अर्का एक जनाले खाना खान भन्दै बोलाएपछि पिडित यूवती विधार्थी बसे्को कोठामा गएको र सो घटना भएको बताइएको छ ।
‘हामीले पीडितलाई हाम्रै संरक्षणमा राखेका छौं। बलात्कारको आरोपित युवाका परिवारले नेपालबाट समेत धम्की दिइरहेका छन्,’ उनले भनिन् ‘ती बहिनीसँग बस्ने साथीहरुले समेत साथ दिएनछन्। उसलाई अहिलेपनि मुद्धा फिर्ता लिनलाई बारम्बार धम्की आइरहेको छ।’